Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • पुस दोस्रो साता सिन्धुली महोत्सव हुँदै, ५ करोडको ब्यापार गर्ने लक्ष्य Dec 13, 2016 Arthatantrasindhuli 14 (1)
    काठमाण्डौं । सिन्धुली उद्योग बाणिज्य संघले ‘समृद्ध सिन्धुली निर्माणको आधार कृषि, पर्यटन र उद्योग क्षेत्रको लगानी मैत्री वातावरणमा सुधार’ भन्ने नारा सहित आगामी पुसको दोस्रो सातादेखि सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो । सम्मेलनमा संघका अध्यक्ष बिनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सास्कृतिक, ...
  • घुमघाम गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् तपाईका लागि उपयुक्त हुनसक्ने… Dec 12, 2016 Arthatantranagarkot
    अंग्रेजी महिनाको डिसेम्बरको आधाआधी गएसँगै क्रिशमश र अंग्रेजी नयाँ वर्षका लागि विभिन्न योजनाहरु बुन्ने क्रम चल्न सुरु भइसकेको छ । बिस्तारै कलेज स्कुलहरुले पनि केही दिन या केही महिनाको जाडो बिदा दिने बेला पनि आइसकेको छ । कामकाजी व्यक्तित्वहरुलाई व्यस्त दैनिकीबाट केही छिन वा केही दिनको फुर्सद निकाल्ने उपयुक्त बहाना पनि मिल्ने अवस्था छ । यस्तोमा के तपाई पनि आफन्त ...
  • पाँचौँ धादिङ महोत्सव पुस ७ देखि,महोत्सवको तयारी तिव्र Dec 11, 2016 Arthatantradhading-Mahotsab 5TH Logo
    धादिङ। धादिङ जिल्ला विकास समिति र नीलकण्ठ नगरपालिकाको सह–आयोजनामा धादिङ उद्योग वाणिज्य सङ्घले यही पुस ७ देखि १७ गतेसम्म नीलकण्ठ नगरपालिका–४ रापटार धादिङबेसीमा पाँचौँ धादिङ महोत्सव गर्ने भएको छ । साथै महोत्सवको लागि तयारी तीब्र पारिएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष बोधनाथ दुवाडीले ...
  • सडकले पदमार्गलाई विस्थापित होटल तथा रेस्टुराँसमेत बन्द हुने अवस्थामा ! Dec 10, 2016 Arthatantramagdi padmarga news
    म्याग्दी । केही वर्ष अगाडिसम्म पर्यटकको निकै चहलपहल हुने म्याग्दीको घार, शिख र फलाटेका होटल अहिले सुनसान बनेका छन् । सडक सञ्जालको विस्तारले विश्वमै प्रसिद्ध राउन्ड अन्नपूर्ण पदयात्राले समेटिएको पोखरेबगर–घार–शिख हुँदै घोरेपानी पुग्ने यस खण्डको पदमार्गमा पर्यटकको आगमन घट्न थालेपछि होटल सुनसान बनेका हुन् । पदमार्ग हुँदै सडक विस्तारले धुलो, हिलो र सवारीसाधनको आवतजावत हुन थालेपछि त्यस खण्डको पदमार्गमा पर्यटक आउन ...
  • अर्थतन्त्रका प्रधान सम्पादक कार्की ʽनाट्टा मिडिया अवार्ड २०१६ʼ द्वारा … Dec 9, 2016 ArthatantraRameshwor Karki Awarded
    काठमाडौ । अर्थतन्त्र डटकमका प्रधान सम्पादक रामेश्वर कार्की नाट्टा अवार्ड –२०१६ बाट सम्मानित भएका छन् । शुक्रबार काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले हरेक वर्ष पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस वर्ष अनलाईनतर्फ (अर्थतन्त्र डटकम) कार्कीलाई प्रदान गरिएको हो । नाट्टाको स्वर्ण जयन्ती तथा २१ औं सम्मेलनको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री ...
  • लुम्बिनी कब्जा गर्ने भारतीय सपना सफल हुन लागेको पूर्व पर्यटन मन्त्रीक… Dec 8, 2016 ArthatantraAananda pokhrel 3
    भक्तपुर । सिमांकनका नाममा ७० बर्ष अघिदेखि लुम्बीनी भारतले कब्जाको रणनीति बनाएको खुलासा पुर्व पर्यटन मन्त्री आनन्द पोखरेलले आरोप लगाएका छन् । पाँच नम्बर प्रदेश टुक्र्याउनुको पहिलो उद्देश्य नै लुम्विनी हो र सात दशक अघिको भारतीय सपना हाल आएर सफल हुन लागेको बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पोखरेलले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नं ...
  • खराब मौसमका कारण ८ सय पर्यटक अलपत्र ! Dec 8, 2016 Arthatantrafoggy day tourist place
    काठमाण्डौं । अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् । भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ ।  नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज पठाएको भए पनि हेभलक टापुमा अत्यधिक ...
  • ‘पर्यटन उद्योग राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ’ Dec 8, 2016 ArthatantraCN pandey NATTA Gogden jublby
    मंसिर २४ गते प्रधानमन्त्रीको उपस्थितिमा स्वर्णजयन्ती बिशेष समारोह नाट्टा १९६६ मा स्थापना भएको हो । अहिले संस्था स्थापनाको पचासौँ वर्ष पूरा गरेको छ । हाम्रो कार्यकालमा नै स्वर्ण जयन्ती महोत्सव मनाउने अवसर जुरेको छ । यसको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २४ गते प्रधानमन्त्रीको उपस्थितिमा राजधानीको दरबार मार्गमा अवस्थित याक एण्ड यति होटलमा विशेष समारोहको आयोजना हुँदैछ । समारोहमा ...
  • सोल्टीको १२ प्रतिशत सेयर भएको निगमले अब हाई क्लास टुरिष्ट भित्र्याउने … Dec 7, 2016 Arthatantracrowne-plaza-hotel-kathmandu
    काठमाण्डौं । सोल्टी क्राउन प्लाजा र नेपाल वायुसेवा निगम बीच व्यवसाय अभिबृद्धिका लागि सहमति भएको छ। सहमति पत्रमा मंगलबार सोल्टी क्राउन प्लाजाका जनरल मेनेजर उप्पल मजुम्दार र नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार बीच हस्ताक्षर भयो। अब निगमले आफ्ना यात्रुमाझ सोल्टी होटलको प्रबर्धन गर्नेछ भने होटलले आफ्ना पाहुनालाई निगमको उडान रिफारिस गर्नेछ । निगम सोल्टी होटलको प्रवर्धक पनि हो। होटलको १२ ...
  • हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, हेर्नुहोस् कहाँ जान अब कति… Dec 6, 2016 Arthatantrahimalaya airlines
    काठमाण्डौं । नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य लिटरमा ८ रुपैयाँ घटाएको छ । निगमले सोमबार रातीदेखि लागु हुनेगरी हवार्इ इन्धनको मूल्य घटाएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले  हवाइ भाडा घटाएका छन्। आन्तरिकतर्फ हवार्इ इन्धनको मूल्य लिटरको ८६ रुपैयाँ भएको छ । निगमले बाह्यतर्फ भने प्रतिकिलोलिटर ८१ डलर मूल्य घटाएको छ। बाह्यतर्फ एक किलोलिटर हवार्इ इन्धनको मूल्य ७ सय ५० डलर कायम भएको ...