Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • २० करोडमा सम्पन्न भयो सौर्य बत्ती जडान कार्यक्रम, लक्ष्मीपूजाको दिन उद… Oct 26, 2016 ArthatantraNepal-Beautiful-Road-Kathmandu-Nepali-Blogger
    काठमाण्डौं ।  काठमाडौं महानगरपालिकाको सबै वडाका सडकहरु लक्ष्मीपुजाको दिनबाट झलमल हुनेभएका छन् । महानगरले ल्याएको ‘जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम’ अनुसार सडकमा सौर्य उर्जा जडान गरिएपछि यस्तो सम्भव हुन लागेको हो। करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ वटा स्थानमा एक हजार सात सयवटा सौर्य बत्ती जडान गरिएको छ। सौर्य वत्ती राख्न ६० प्रतिशत अनुदान, महानगरपालिका २५ प्रतिशत र बाँकी १५ प्रतिशत ...
  • २०१७ मा घुम्नैपर्ने १० देशको नाम सार्वजनिक, नेपाल पाँचौंमा ! Oct 25, 2016 Arthatantraglacial lake outbrust in Nepal Taal
    काठमाण्डौं । आगामी वर्षमा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको छ । अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्दै आएको छ । यसपटकको सूचीमा नेपाल पाँचौं नम्बरमा परेको छ । नेपालमा गएको भूकम्पले धेरै ...
  • दर्ता नभएका होमस्टेमा पर्यटक दुर्घटनामा परे भने समस्यै समस्या ! Oct 23, 2016 ArthatantraBhim KC1
    अतिथिदेवो भवः भन्दै परापूर्वदेखि नै नेपालमा होमस्टेको सुरुवात पछिल्लो अबधिमा मात्रै होमस्टेलाई व्यवस्थित बनाउँदै लगिएको छ । तर नेपालमा परम्परादेखि नै घरमा पाहुना आउने, बस्ने र उनीहरुलाई अतिथिदेवो भवःभन्दै सेवा, सत्कार गर्ने प्रचलन छ । विस्तारै बिदेशीहरु नेपाल घुम्न आउन थाले । नेपालको बारेमा अध्ययन र गतिबिधि सुरु भए । उनीहरुलाई सुरु–सुरुमा राख्ने होटल, रेष्टुरेन्ट थिएनन् । सामान्य घरमा राख्ने, बस्ने, ...
  • कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ ! Oct 23, 2016 ArthatantraNepal-Beautiful-Road-Kathmandu-Nepali-Blogger
    काठमाडौं। एसिया पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात रहेको महादेश हो। यहाँ पर्यटन सम्वन्धि संसारमा उपलब्ध हुने सवै किसिमका सेवा सुविधाहरु उपलब्ध छन्। विश्वको सवैभन्दा महंगो ‘रेसिपि’ देखि सस्तो पनि यहाँ पाइन्छ। विश्वको सवैभन्दा महंगो ठाउँदेखि सस्ता ठाउँहरु यहि महादेशमा पाइन्छन्। यी हुन् एसियाका सवैभन्दा सस्ता सहरहरु १ पोखरा, नेपाल पोखरा पर्यटकका लागि सवैभन्दा राम्रो गन्तव्यका रुपमा चिनिन्छ। यहाँ अक्टोवर र नोभेम्वर सवैभन्दा राम्रो र ...
  • के तपाई पछिल्लो पटक पोखरा पुग्नुभएकोछ ? छैन भने यो पढ्नुहोस् ! Oct 21, 2016 Arthatantrapokhara
    काठमाण्डौं । विश्वमै पर्यटकीयरुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षको भूकम्प र नाकाबन्दीका कारण तहसनहस बनेको पोखराको पर्यटनलाई अघिल्लो वर्ष आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पुयाएको थियो । यस वर्ष पनि पोखरामा विदेशी पर्यटकको अपेक्षित आगमन नभए पनि आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको होटेलका सञ्चालकहरू बताउँछन् ।पोखराको पर्यटनको मुख्य याम ...
  • नौलो पर्यटन,झोलुङ्गे पुलमा फोटो खिच्नकै लागि पनि पर्यटकको ओइरो Oct 20, 2016 ArthatantraJholunge Pul
    सरकारले महाकाली नदी पारी दोधारा–चाँदनी नगरपालिकाका बासिन्दाको आवागमन सहजताका लागि निर्माण गरेको झोलुङ्गे पुल पछिल्ला वर्षमा पर्यटकको आकर्षक गन्तव्य बनेको छ । भीमदत्त नगरपालिकाको पिपरिया तथा दोधारा चाँदनीको बीच भएर बग्ने महाकाली नदीमा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाइको उक्त झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुल मानिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकन भ्रमणका लागि दैनिक आउने गरेका छन् ...
  • लोमान्थाङमा चिसो बढेको छ “तैपनि नेपालीहरु जानेक्रम रोकिएको छैन” Oct 20, 2016 ArthatantraTourist in nepal
    मुस्ताङ । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति । उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच भीड लागेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट दुईदिने पैदल यात्रापछि पुगिने लोमान्थाङलाई आन्तरिक पर्यटकले ‘भर्जिन गन्तव्य’का रुपमा चित्रण गर्ने गर्छन् । “लोमान्थाङ पुग्नु स्वर्गको स्वर्णिम अनुभूति गर्नु ...
  • रेकर्ड तोड्दै राराको दृष्यावलोकन, आन्तरिक पर्यटकको घुँइचो Oct 19, 2016 ArthatantraRara Lake
    काठमाडौ । सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर (सोट्टो– नेपाल) ले राराबासदेखि रारतालसम्मको पर्यटन प्याकेज सार्वजनिक गरेपछि यतिबेला मुगुको राराताल घुम्न जाने आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको छ । यसअघि वार्षिक औसत साँढे ६ सय पर्यटक पुग्ने रारामा अहिले एक दिनमै २ सय पर्यटक पुग्ने गरेका छन् । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि त्यहाँ रहेको होटलहरु भरिभराउ ...
  • नेपाल–जापान ६०औं वषगाँठ : पर्यटनको क्षेत्रमा अनेकौं छुटको बहार ! Oct 18, 2016 Arthatantranepal-japan
    काठमाण्डौं । यसपटकको पर्यटकीय सिजनका लागि सरकारले जापानी पर्यटकलाई विषेश महत्व दिएको छ । नेपाल जापान सम्वन्धको ६० बर्ष पुगेको अवसरमा जापानी पर्यटकले बिभिन्न पर्यटकीय गन्तव्यमा एवं ट्रेकिङ रुटमा छुट देखि होटल सम्ममा सहुलियत पाउने भएकाछन्। नेपाल पर्यटन बोर्डका अनुसार निजी क्षेत्रसँगको समन्वयमा यो अफर ल्याइएको हो। जापानीले पर्यटकले सन् २०१७ को फेव्रुअरीसम्मका लागि यो अफर पाउने छन् । सेप्टेम्बरमा सुरु ...
  • अब नेपालबाट अष्ट्रेलिया डाइरेक्ट फ्लाइट ! Oct 16, 2016 Arthatantranepal airlines
    काठमाण्डौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ विमानको खरिद प्रकृया अगाडि बढाएसँगै जापान, साउदी अरेविया, दक्षिण कोरिया, र अष्ट्रेलियामा गन्तव्य विस्तार गर्ने भएकोछ । त्यसका लागि सम्वन्धित देशहरुसँग रिक्वेष्ट फर प्रपोजल (आरएफपी) माग गरिसकेको छ । साथै, जापान, साउदी अरेविया र दक्षिण कोरियाका लागि लगभग पक्का भइसकेको छ भने अष्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (एएसए) हुन बाँकि छ। निगमले जापानमा हप्ताको दुईदेखि तीन ...