Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य सतौँ चण्डी कालिका Oct 15, 2016 Arthatantrachandikalika
    पोखरा, २९ असोज । स्याङ्जा जिल्लाकै प्रसिद्ध सतौँ चण्डी कालिका मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । स्याङजा बजारबाट करिब ११ किमी टाढा रहेको यो मन्दिर हालको पुतलीबजार नगरपालिका वडा नं ८ मा पर्दछ । मन्दिरको केहीमाथि सतौँकोटे राजाले बनाएको दरबार छ जसलाई ‘कोट’ भनिन्छ । पहिलेका बाइसेचौबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने ...
  • अन्नपूर्णपर्यटन प्रबर्द्धन गर्न दशबुँदे धम्पुस घोषणापत्र जारी Oct 15, 2016 Arthatantradhampus ghosana annapurna trekking trail
    पोखरा, २९ असोज । अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट)को प्रवद्र्धनका लागि ‘दशबुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र’ जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न शुक्रबार धम्पुसमा सो घोषणापत्र जारी गरिएको हो । नेकपा (एमाले)का नेता किरण गुरुङ, व्यवस्थापिका–संसद, विकास समितिका ...
  • ढोरपाटन सिकार आरक्षमा सिकारयाम सुर, एघार नाउर र पाँच झारलको सिकार अनुम… Oct 15, 2016 ArthatantraDhorpatan Hunting starting
    बागलुङ, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर सिकार खेल्ने गरेका छन् । हिमालयन ...
  • हिमाली पदयात्राका लागि पर्यटकको आगमन वृद्धि Oct 15, 2016 Arthatantralangtang to gosaikunda
    रसुवा, २९ असोज । हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् । गत वर्षको सोही अवधिभन्दा आगमन करिब पाँच सयले वृद्धि भएको छ । अहिलेसम्म पर्यटक प्रवेश शुल्कबाट रु ...
  • तीन जिल्लाको पर्यटनमा दुई करोड ७४ लाख Oct 14, 2016 Arthatantramechi pahadi
    इलाम, २८ असोज । इलामसहित पूर्वी पहाडी जिल्लाको पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु दुई करोड ७४ लाख रकम विनियोजन गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाममार्फत कार्यान्वयन हुने गरी नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो बजेट विनियोजन गरेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए ...
  • कर्णालीको एउटै ढुंगालाई करोड ! Oct 14, 2016 Arthatantrakarnali karod dhungo
    कृष्णप्रसाद आचार्य,सदस्य, कर्णाली विकास आयोग   कर्णालीलाई राष्ट्रको आर्थिक मेरुदण्ड बनाउन कर्णाली आयोग कर्णाली अञ्चल सामाजिक, आर्थिक, विकासको दृष्टिकोणले एकदम पछाडी छ । कर्णालीलाई राष्ट्रको आर्थिक समृद्धिसँग जोड्न, कर्णालीको समग्र नीति निर्माण र विकास निर्माण गर्न एक निकाय चाहिन्छ भनेर २०५९ सालमा यसको कर्णाली आयोगको गठन गरिएको हो । यो नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार गठित आयोग हो । यसको मुख्य कार्यालय जुम्लामा छ ...
  • पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना Oct 13, 2016 Arthatantramiss tourism news
    काठमाडौँ, २७ असोज । ‘मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमैै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन् । व्यवस्थापन (बिबिए)मा अध्ययनरत थापाले नेपालमै पहिलोपटक गत भदौ २५ मा आयोजित प्रतियोगितामा ‘मिस टुरिजम’ को ताज पहिरिएकी थिइन् । थापाले आफ्ना २० प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि हात पारेकी हुन् । विश्व पर्यटन बजारको आकर्षणले यी १८ वर्षे युवतीलाई पनि उत्प्रेरित गरेकाले पर्यटनले ...
  • दसैँ बिदा मनाउने आन्तरिक पर्यटकले मुस्ताङका होटल भरिभराउ Oct 13, 2016 Arthatantraimages
    मुस्ताङ, २७ असोज । दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् । दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत ...
  • विदामा घुमफिर : पहिले देश बुझौँ अनि विदेश ! Oct 10, 2016 ArthatantraRajendra sapkota tourism
    वर्षातलाई विदा गरेर शरद अघि सर्दछ । यो सँगसँगै गर्मीको समाप्ति र चिसोको सुरुवात हुन्छ । समशितोष्ण मौसम भएकोले यसले वसन्त ऋतुकै झल्को दिन्छ । शरद ऋतुको प्रारम्भसंगै पहाडहरू र नदीनालाहरूले पनि विरहका गीत गाउन छाड्छन् । धर्ति जगमगाउँछ । प्रत्येक प्रभातले सुन्दर हाँसो हाँस्छ । विशेषगरी घुमफिर गर्नका लागि यो उत्तम समय हो । शरद ऋतुको अवधिभरी ठूलाठूला साँस्कृतिक पर्वहरू ...
  • ताज महलको अर्को स्वरुप पाल्पाको रानी महल ! Oct 10, 2016 Arthatantracn pandey pp size
    नेपाल एसोसिएसन अफ ट्रावल एण्ड टुर्स एजेन्सिज (नाट्टा) का प्रथम उपाध्यक्ष सिएन पाण्डे पर्यटनमा सुपरिचित नाम हो । सम्राट ग्रपका सिइओ समेत रहेका पाण्डे नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष हुन् । लामो समय पर्यटन क्षेत्रमा विताएका पाण्डेसंग दशैं तिहार विदाको समयमा घुम्न उपयोगी आन्तरिक पर्यटनस्थलका बारेमा अर्थतन्त्रले गरेको कुराकानीको सम्पादित अंश : दशैं तिहारको छोटो विदाको समयमा घुमफिर गर्न चाहने ...