Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • नेपाली आकाशमा नयाँ हेलिकप्टर अल्टिच्यूडद्वारा भोलिबाटै व्यवसायिक उडान … Oct 7, 2016 ArthatantraAltitude air 14
    काठमाण्डौं । साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरुले स्थापना गरेको अल्टिच्यूड एयरले दशैंको फूलपाति पारेर भोलिदेखि नै व्यवसायिक हेलिकोप्टर सेवा सञ्चालन गर्ने भएको छ । यसका लागि कम्पनीले दुई साताअघि नै एयरबस कम्पनीले निर्माण गरेको एस–३५० बी ३ ई नामको ६ सिटे हेलिकप्टर नेपाल ल्याइसकेको छ । अर्को हेलिकप्टर फागुनमा र त्यसको ६ महिनाभित्र थप दुई हेलिकप्टर ल्याएर ...
  • दशैंमा चितवन वा पोखरा जाँदै हुनुहुन्छ ? ल्याण्डमार्कले ल्यायो विशेष छु… Oct 7, 2016 Arthatantralandmark resort cover
    काठमाडौ । चितवन सौराहाकै उत्कृष्ट ल्याण्डमार्क फरेष्ट रिसोर्ट र थ्री स्टार लेभलको ल्याण्डमार्क होटल पोखराले आन्तरिक पर्यटकका लागि दशैंदेखि दिपावलीसम्मको विशेष छुटको प्याकेज सार्वजनिक गरेको छ । घुमफिर वर्षलाई लक्षित गरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्नको लागि विशेष प्याकेज घोषणा गरेको होटलले जनाएको छ । प्याकेजअनुसार पोखरामा २ रात ३ दिनको प्याकेजलाई जम्मा रु ६,६६६ तिरे पुग्नेछ । यसअघि सोही प्याकेजका लागि ...
  • २०१७ भित्र १६ लाख पर्यटक भित्र्याउने एनआरएनएको महत्वकाँक्षी घोषणा ! Oct 6, 2016 ArthatantraNRNA
    काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१७ भित्र नेपालमा १६ लाख पर्यटक भित्र्याउने अभियान सुरु गरेको महत्वकाँक्षी घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनए बीच गत वर्ष सम्झौता भएको “अतिथि देवो भव” प्रवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्य सम्ममा नेपालमा १६ लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको हो । “अतिथि देवो भव कार्यक्रममा एक व्याक्तिले ३ ...
  • एकै जिल्लामा खुल्यो १२० होटल, ८३ करोड लगानी, आउँछन् वार्षिक ३० हजार पर… Oct 6, 2016 Arthatantrahotel-clipart-hotel
    म्याग्दी । पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ । सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिंगा, दानालगायतका ठाउँमा होटल खुल्ने क्रम बढ्दै गएको छ । दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको घरेलु तथा साना ...
  • यति एयरको दुर्घटना छानबिन गर्न आयोग गठन Oct 5, 2016 Arthatantrayati air crash 11
    काठमाडौँ, १९ असोज । सरकारले भैरहवा विमानस्थलमा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानबारे छानबिन गर्न चार सदस्यीय जाँचबुज आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह, नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन श्रवण रिजाल र ...
  • दशैं टिकाको दिन चन्द्रागिरी केबलकार बन्द हुने Oct 5, 2016 Arthatantrachandradiri
    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले साउन २४ गते देखि संचालनमा ल्याएको चन्द्रागिरी केबलकार बिजयादशमी टिकाको दिन अर्थात २०७३ साल असोज २५ गते १ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।   अन्य विदाका दिनमा विहान ९ बजे देखि सांझा ५ बजेसम्म केबलकार यथावत संचालनमा आउने मार्केटङ म्यानेजर विख्यात विक्रम राणाले जानकारी दिए । राणाका अनुसार सेवाग्राहीको सुविधाका लागि संचालित रेष्टुरेन्ट, बार, ...
  • तपाईलाई रारा घुम्न मन छ भने सार्वजनिक भयो पर्यटन प्याकेज ! Oct 3, 2016 ArthatantraSotto
    काठमाडौं । “कर्णाली बिकट होइन निकट छ ” राराबास देखि राराताल सम्म जानलाई केही समस्या छैन भन्ने सन्देश सहित बाँकेको राराबास देखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्याकेज सार्वजनिक गरिएको छ । २०७३  भाद्र ३० गते देखि  आश्विन ०७  गते सम्म बाँकेको गाभर भ्याली होमस्टे (राराबास), सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगुको रारातालमा पर्यटकिय क्षेत्रहरुको स्थलगत भ्रमण, विषयगत अन्तरक्रिया, तथा प्रचार ...
  • भूकम्पले क्षति पुर्याएको देवस्थललाई अब बैंकले गर्नेछ पुननिर्माण ! Oct 3, 2016 ArthatantraEarthquake
    काठमाण्डौं ।  नेपाल इन्भेष्टमेन्ट बैंकले  भुकम्पले क्षति पुर्याएको हनुमानढोकास्थित जगन्नाथ र गोपिनाथ मन्दिर पुनर्निर्माण गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आर्थिक सहयोगको घोषणा गर्दै बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले पुरातत्विक महत्वका मठमन्दिरलाई संरक्षण तथा प्रवर्धन गर्न इन्भेष्टमेन्ट बैंक सँधैव तत्पर रहेको बताए । उनले यसअघि पनि विभिन्न मन्दिरहरु पुनर्निर्माण गराएको जानकारी दिए । जापान सरकारको लगानीमा पुनर्निर्माण अगाडि बढाउने ...
  • खेलकुद मन्त्री श्रीपाइली रंगशाला पुग्दा गाइभैँसीले खेल देखाएपछि… Oct 3, 2016 Arthatantrayouth and sports minister daljit bk shreepali
      युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले झापा स्थित भद्रपुरमा जिल्ला स्तरीय रंगशाला निरिक्षण गरेका छन् । जिल्लाको रङ्गाशालामा ठूलो घाँसको झाडी र गाइ बस्तु चरेको देखेपछि उनले स्थानिय विकास अधिकारीलाई रङ्गशालालाई व्यवस्थीत बनाउँन निर्देशन दिएका छन । आइतबार पुगेका उनले तुरुन्त रङ्गाशालाको पुर्वाधार निर्माण गरी सरसफाई गर्न समेत निर्देशन दिएका छन् । स्थानिय विकास अधिकारीले आफूले समयमै रङ्गाशालाको व्यवस्थापकिय सुधार गर्ने प्रतिबद्धता जनाए ...
  • डिजी जहाजमा सरर, एयरपोर्टमा मजदुरको बिजोग Oct 1, 2016 ArthatantraAirport
    काठमाडौ । बडादशैंको घटस्थापनाको दिन, सबैतिर दशैंको माहोलले बजारमा रौनक छाएको छ । तर यहाँ नेपाल हबाइ प्राधिकरणमा कार्यरत श्रमिकलाई भने दशैको खर्चको जोहो कसरी पर्ने भन्ने चिन्ता मात्रै छ । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुको दशैं कसरी बित्ने भन्ने चिन्ता सुरु भएको छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणका ...