Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • काठमाडौं खतराको सूचीमा प्रस्तावित ! Jul 11, 2016 Arthatantraktm
    काठमाण्डौं । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ। हिजो जुलाई १० देखि २० सम्म टर्कीको इस्तानबुलमा सुरु भएको वर्ल्ड  हेरिटेज कमिटीको ४० औँ सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ। पुरातात्विक महत्वलाई जोगाउन सकिएन भने त्यस्स्तो क्षेत्रलाई ...
  • एयरपोर्टमा नियुक्ति नै नदिई ८० प्रतिशत महिला माथि चरम श्रमशोषण Jul 10, 2016 ArthatantraAirport mahila shramik
    काठमाडौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र कार्यालय सहयोगी, सरसफाई, प्रशासन शाखा लगायत अन्य क्षेत्रमा काम गर्ने ८० प्रतिशत महिला श्रमिकहरुलाई नियुक्तिपत्र र प्रवेश पास विना नै चरम श्रमशोषण हुने गरेको खुल्न आएको छ । नेपाल सरकार नागरिक उड्डयन प्राधिकरण अन्तर्गत ठेकेदारी प्रथामार्फत विगत २५ वर्ष देखि काम गर्दै आएका श्रमिकहरु समेत विना नियुक्ति काम गरिरहेका छन् । आईतबार नेपाल ...
  • पर्या–पर्यटनको  प्रबर्द्धनमा  जोड Jul 9, 2016 Arthatantraeco tourism
    नवलपरासी, २५ असार ।   पर्या –पर्यटनको प्रशस्त सम्भावना भएकाले नवलपरासीको पर्या पर्यटन प्रबद्र्धनका लागि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, महाभारत पर्वत श्रृखला र थुप्रै ताल तलैया भएकाले  नवलपरासीलाई पर्यापर्यटनको जिल्लाको रुपमा चिनाउन सकिनेमा सहभागीहरुले जोड दिएका हुन्  । नेपाल पर्यटन पत्रकार मञ्चले कावासोतीमा आयोजनामा गरेको दुई दिने  पर्या–पर्यटन सम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण ...
  • उच्च हिमाली जोखिम र नेतृत्वसम्बन्धि अभिमुखिकरण तालिम सुरु Jul 9, 2016 ArthatantraTourism Tranning
    काठमाडौ । पर्यटन क्षेत्रका मजदुर संगठनहरुको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रायोजनमा उच्च हिमाली जोखिम र नेतृत्व सम्बन्धि अभिमुखिकरण तालिम काठमाडौमा सुरु भएको छ । २५ गते देखि २८ गते सम्म संचालन हुन लागेको अभिमुखिकरण तालिममा ट्रेकिङ गाईड, सरदार, कुक, सहयोगी मजदुर गरि १ सय ५० जनाको सहभागिता रहेको छ । शनिबार पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले तालिमको उद्घाटन गरे ...
  • जाने हैन त यो शनिबार २५ करोडको लागतमा बनेको हुप्पील्याण्ड ! Jul 8, 2016 ArthatantraWhoopee Land Park
    काठमाण्डौं । अल्टिच्युड इनोभेसन प्रालिले राजधानीसँगै जोडिएको कीर्तिपुरको चोभारमा २५ करोड लगानीमा अत्याधुनिक एम्युज्मेन्ट वाटरपार्क संचालनमा ल्याएको छ। विदेशको एम्युज्मेन्ट पार्कको अवधारणामा निर्माण गरिएको यो हुप्पील्याण्ड पार्कमा सबै उमेर समूहकाले मनोरञ्जन गर्न सक्ने कम्पनीले जनाएकोछ । ६० रोपनी क्षेत्रफलमा निर्माण भएको यो वाटरपार्कमा २३ भन्दा बढी खेलको व्यवस्था गरिएको छ। वाटरपार्कको विशेषता भनेको यहाँ रहेको डाइनासोर पार्क र ३ सय ६० डिग्रीमा ...
  • तीन वर्षसम्म तारा एयरलाईन्सले सफा गर्ने भयो सगरमाथा ! Jul 7, 2016 ArthatantraTara-Air
    सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ । सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ । प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर एसपिसिसीले सगरमाथा प्रवेशद्वार नाम्चेदेखि सगरमाथाको आधारशिविरसम्मको फोहर सङ्कलन गर्ने गरेको छ ।यस वर्ष सम्पन्न भएको ...
  • मुस्ताङमा ‘लियोपार्ड केभ’ नामक नयाँ गुफा भेटियो Jul 6, 2016 ArthatantraJhong cave Mustang
    मुस्ताङ । मुस्ताङ सदरमुकाम जोमसोमनजिकै ठिनी गाउँमा हालै नयाँ गुफा भेटिएको छ । जोमसोम वडा नं –१, २, ३ र ४ मा पर्ने ठिनी गाउँमा केही समयअघि मात्र दुईवटा गुफा पत्ता लागेका थिए । उक्त गुफाको नाम स्थानीयवासीले ‘लियोपार्ड केभ’ (चितुवा गुफा) राखेका थिए । गुफा भेटिएसँगै त्यसको अवलोकन गर्न थुप्रै आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ...
  • ताप्लेजुङमै भेटिएनन् मदन भण्डारी ! Jul 3, 2016 Arthatantrataplejungma bhetienan madan
    नेपालको पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ विभिन्न कारणले प्रख्यात छन् । कृषि, पर्यटन, प्राकृतिक स्रोत, साँस्कृतिक र भाषिक विविधता ती जिल्लाहरुको बिषेशता हुन् । ताप्लेजुङ एकै जिल्लाले बार्षिक अर्बाैंको अलैची निर्यात गर्ने भएकाले ती जिल्लाहरुलाई सबैले अलैंची खेतीका लागि प्रख्यात जिल्ला अर्थात अलैची उत्पादनको हबकोरुपमा नै हेरेका छन् । यतिमात्रै होईन त्यहाँको प्राकृतिक बिबिधता पनि अचम्मैको छ । ...
  • रु १३५ देखि ३८५ सम्म भाडा घट्यो, यात्रुलाई केही राहत ! Jul 3, 2016 Arthatantraari fare ticket
    काठमाण्डौं । आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले भोलि सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि सञ्चालक संघको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको छ । योसँगै काठमाण्डौंबाट सबैभन्दा नजिकको गन्तव्य ...
  • एयरपोर्ट भुसिया कुकुरको बासस्थान, बिदेशी पर्यटकलाई नौलो … Jul 3, 2016 Arthatantra13555505_1160936537284927_1012021026_o
    काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थललाई भुस्याहा कुकुरले ठाउँ ठाउँमा कब्जा गरेर बसेका छन् । बिमानस्थल परिसरभित्र अड्डा जमाएर बसेका भुस्याहा कुकुरहरुबारे एयरपोर्ट व्यवस्थापन र नेपालीहरुलाई त त्यति धेरै चासो छैन, तर जहाजबाट ओर्लने बित्तिकै बाहिर निस्किएका बिदेशी पर्यटकहरुलाई भने बिमानस्थल परिसर राज गरेका भुस्याहा कुकुर देखेर नौलो लाग्ने गरेको छ । विमानस्थल भित्रको यति सानो कुरामा त यति सारो हेलचेक्र्याँइ हुन्छ ...