Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • क्यानोनिङमा मज्जा लिनेहरु ६ हजार Jul 2, 2016 ArthatantraCanoning image
    काठमाडौं। पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाईडिङ, बञ्जी जम्पिङ जस्ता साहसिक पर्यटकीय गतिविधिका लागि विश्वमै ख्याति कमाएको नेपालमा अर्काे साहसिक गतिबिधि क्यानोनिङ अर्थात् छाँगारोहणबाट मज्जा लिने स्वदेशी र बिदेशी पर्यटकहरुको संख्या बढेर ६ हजार पुगेको छ । नेपाल क्यानोनिङ एसोसियसनले दिएको जानकारी अनुसार मनोरम प्राकृतिक दृष्यावलोकन सँगै भरपुर आनन्द प्राप्त गर्नेहरुको सँख्या दिप्रतिदिन बढ्दै गइरहेको हो । स्वदेशी हुन् या बिदेशी क्यानोनिङ प्रति ...
  • मनसुन सक्रिय हुँदा २० वटा हिमताल फुट्न सक्ने चेतावनी, वर्षा अझै केही द… Jul 1, 2016 Arthatantraglacial lake outbrust in Nepal Taal
    काठमाण्डौं । मनसुन सक्रिय भएर देशभर झरी पर्दा नदीको वहाव उच्च भएर बाढीको प्रकोप देखिँदै गर्दा, केही क्षेत्रहरु डुबानमा परिरहेको अवस्था र विभिन्न ठाउँमा पहिरो गइरहेको बेला गैरसरकारी संस्था इसिमोडले वर्षासँगै २० वटा हिमताल बिस्फोटन हुने एवं पहिरोले ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ । आज शुक्रबार राज्य व्यवस्था समितिलाई एक प्रतिवेदन बुझाउँदै इसिमोडले यस्तो चेतावनी दिएको हो । इसिमोडले ...
  • पर्यटक आकर्षणको केन्द्र मेची पहाडी क्षेत्र ! Jun 29, 2016 Arthatantrailam
    शब्द : सोम शर्मा बजगाईं / तस्बिर : रामेश्वर कार्की  इलाम | प्राकृतिक सुन्दरताभित्र फन्को मार्नका लागि हामीसँग अनगिन्ति गन्तव्यहरु छन् । यस्ता आकर्षक र धार्मिक महत्वका गन्तव्यको प्रवद्र्धन गर्नका लागि नेपाल र भारतका केही पत्रकार एवम् पर्यटन व्यबसायीहरुको टोलीले मेची पहाडी क्षेत्रका पर्यटकिय गन्तव्यको भ्रमण ग¥यो । यसको व्यवस्थापन जिम्मा लिएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले आन्तरिक तथा बाह्य ...
  • पुनः संचालनमा आउने भो काठमाण्डौं–ल्हासा सिधा बस सेवा ! Jun 29, 2016 ArthatantraBUS
    काठमाण्डौं । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल–तिब्बत संयुक्त पर्यटन समन्वय समितिको नवौँ बैठकमा यस्तो निर्णय गरिएको हो । हस्ताक्षर गरिएका विभिन्न बुँदा मध्ये काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालन गर्ने विषय प्राथमिकताका साथ परेकोछ । यसका लागि बस सेवा प्रदान गर्ने कम्पनी, यात्रा प्रारम्भ र रोकिने स्थान, ...
  • सडक निर्माण पूरा, लाभान्वित भए तीन जिल्लाका बासिन्दा ! Jun 28, 2016 ArthatantraMotor Bato (1)
    प्यूठान (बांगेमरोठ) । वर्षौदेखि अँधुरै रहेको गर्तङफेदी–डाडाँगाउँ–फुर्धारा सडकको निर्माण कार्य यसवर्ष पुरा भएको छ । छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीलाई केन्द्रित गरी निर्माण गरिएको अन्तरजिल्ला जोड्ने उक्त सडकको हालै उद्घाटन गरिएको छ । मोटरवाटो उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले गाउँमा विस्तार भएको सडकलाई स्थानीयले आय आर्जनको क्षेत्रमा जोड्न सुझाव दिए । ‘जनताको आर्थिक ...
  • हलिउड अभिनेत्री मिचेल योह र नासाका पदाधिकारी बीच भेटघाट Jun 28, 2016 ArthatantraNAS
    काठमाण्डौं । हलिउड अभिनेत्री तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल योह र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ । भेटघाटमा नासाका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष मेघराज पौडेल र महासचिव गोविन्द भट्टराई सहभागी थिए । उक्त अवसरमा नासाले संचालन गरिरहेको सडक सुरक्षा अर्थात रोड सेफ्टी सम्बन्धी विविध गतिविधिका बारेमा छलफल भएको थियो । युएनडिपीको समन्वयमा आयोजित उक्त ...
  • ‘जाउँ है कपन’ अर्गानिक परिकारमा रमाउन ! Jun 25, 2016 Arthatantraorganic kapan cover pic
    काठमाडौ ।ʽशुद्ध प्राङ्गारिक परिकारको साथमा यहाँहरुलाई स्वागत छ ।ʼ अर्गानिक फार्म हाउस रिसोर्ट–कपनले स्वदेशी र विदेशी पाहुनाहरुलाई यसैगरि स्वागत गरिरहेको छ । काठमाडौको कोलाहालपूर्ण जिन्दगी र यहाँको प्रदुषणबाट केहि क्षण भएपनि मुक्ति पाउन अर्गानिक फार्म हाउस रिसोर्ट–कपन एक उपयुक्त स्थान हो । होमस्टेको वातावरणमा शुद्ध अर्गानिक परिकारको स्वाद र २५ रोपनी क्षेत्रफलमा फैलिएको अर्गानिक फार्म हाउसको भ्रमणले त्यहाँ पुग्ने जो कोहिलाई ...
  • नेपालमै पहिलो क्यान्टिलिभर पुल, पर्यटक आकर्षित Jun 21, 2016 Arthatantragorkha
    गोरखा–गोरखा जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल  (ढुङ्गामा खोपेर बनाईएको पुल)  बनाउने काम सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानि ढुंगामा खोपेर बनाईएको छ । यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो । पुल ४ करोड ५० ...
  • चितवन राष्ट्रिय निकुञ्जमा ८२ हजार पर्यटक, १२ करोड राजस्व सङ्कलन Jun 20, 2016 Arthatantrachitwan national park
    चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै १२ करोड राजस्व सङ्कलन भएको निकुञ्जले आज जनाएको छ । सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार गएको साउन महिनादेखि जेठसम्मको तथ्याङ्कअनुसार निकुञ्जमा ८१ हजार ८१३ जना पर्यटक प्रवेश गरेका छन् । पर्यटकबाट ११ करोड ९३ ...
  • महागंगाआरतीको दोश्रो बार्षिकोत्सव सम्पन्न, पर्यटनव्यवसायीहरु सम्मानित … Jun 19, 2016 ArthatantraJanakpur dham
    काठमाण्डौं । मिथिला क्षेत्रको सांस्कृतिक, तथापर्यटकीय सम्भावना र महत्वलाई अझ बढाउका लागि सुरु गरिएको जनकपुरधामको गंगा सागरमा महागंगाआरतीको जनकपुरधामको दोश्रो वार्षिकोत्सव यहाँ स्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा हालै मनाइएकोछ । भोर, अभियानी तथा अनुसन्धानमुलक परोपकारी संस्था, मिथिला पर्यटन अभियान र सेभ हिसटोरिकल जनकपुरधामको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा नेपाल सरकार, संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालय, पुरातत्वविभागले युनेस्कोको ...