Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • तिलिचो ताल पुग्न बन्यो छोटो पदमार्ग Oct 5, 2017 ArthatantraTilicho-Lake
    मुस्ताङ । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास(भञ्ज्याङ) भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको कार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा गरिएको हो ...
  • स्वतन्त्रता खोज्दै पर्यटन क्षेत्रमा Sep 27, 2017 Arthatantraanjan thapa kumar story
    बुबाको इच्छा बिपरित पर्यटनमा पारिवारिक पृष्ठभूमिका आधारमा भन्ने हो भने एक नेपाली सेनाका छोरा नेपाली सेनामा नै जागीर खानुपर्ने थियो । उनको बुबाको चाहना पनि छोरो नेपाली सेनाको उच्च पदमा रहेर काम गरोस् भन्ने नै थियो । तर पनि बुबाको इच्छा बिपरित उनी खाली हात काठमाडौं छिरेर पर्यटकको भारी बोके । र आज एक स्थापित व्यवसायी बन्न सफल भएका हुन् अञ्जन ...
  • लाङटाङमा पर्यटकको आगमन बढ्यो Sep 26, 2017 Arthatantralangtang to gosaikunda
    लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत तीन दिनयता यस क्षेत्रमा १८० भन्दा बढी पर्यटक भित्रिसकेका छन् । दैनिक ६० भन्दा बढी पर्यटक अहिले यहाँ आउन थालेका छन् । साउनदेखि प्रायः सुनसान रहेको लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको आगमन बढेसँग पर्यटन व्यवसायीमा उत्साह छाएको छ । प्रकाशित मितिः २०७४ असोज ...
  • चन्द्रागिरि केवलकारलाई विशेष पर्यटकीय गन्तब्य सम्मान Sep 25, 2017 ArthatantraReceiving Appreciation_CHL
    काठमाडौं । विशेष पर्यटकीय उत्पादन मार्फत् नेपालको दिगो पर्यटनमा उल्लेखनीय योगदान पु¥याएवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपाल सरकार संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । ३८औं विश्वपर्यटन दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच लिमिटेडलाई सरकारले उक्त सम्मान प्रदान गरेको हो । सम्मान ग्रहण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण ...
  • २० फोटोमा हेर्नुहोस् यसरी मनाईयो ३८ औं विश्व पर्यटन दिवस ! Sep 25, 2017 Arthatantraworld tourism day(38th) (1)
    रविना पौडेल,काठमाडौ । आज ३८औँ विश्व पर्यटन दिवस देशैभर उल्लासका साथ मनाईएको छ । असोज ११ (२७ सेप्टेम्बर)मा विश्व पर्यटन दिवस परेको भए पनि उक्त दिन विजया दशमीको फूलपातीको दिन परेकोले औपचारीक कार्यक्रम २ दिन अगाडि अर्थात् आज विविध कार्यक्रम गरी मनाईएको हो । दिगो पर्यटन भन्ने मुल नाराका साथ मनाईएको उक्त कार्यक्रम अन्तर्गत बिहानै ठमेलबाट प्रभातफेरी गरिएको थियो । प्रभातफेरी कार्यक्रम ...
  • ३८औँ विश्व पर्यटन दिवस भोलि मनाइँदै, देश भर ५० वटा कार्यक्रम हुने Sep 24, 2017 Arthatantratourism 2
    काठमाडौ । ३८औँ विश्व पर्यटन दिवस भोलि अर्थात २५ तारिखमा मनाइदैँ छ । असोज ११ (२७ सेप्टेम्बर)मा विश्व पर्यटन दिवस परेको भए पनि विजया दशमीको फूलपातीको दिन परेकोले औपचारीक कार्यक्रम २ दिन अगाडि सरेको नेपाल पर्यटन वोर्डद्धारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार विश्व भर २७ तारीखका दिन दिगो पर्यटन ...
  • टानले दियो पर्यटन सुरक्षा तालिम,महासचिव लामालाई आईसिई हिमालयको मानार्थ… Sep 22, 2017 Arthatantrataan trenning
    काठमाडौ । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) ले अन्तराष्टिय स्तरको पर्वतिय पर्यटन सुरक्षा र प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम प्रदान गरेको छ । टान, नेपालस्थित फ्रान्सेली राजदुतावास र आईस हिमालयजको संयुक्त आयोजनामा प्रदान गरिएको उक्त तालिममा विभिन्न २७ जना पदयात्रा प्रदर्शकहरुले सहभागिता जनाएका थिए । तालिममा आलिअन्स फ्रन्सेज लगायत फ्रान्सका सरकारी तथा गैर सरकारी संस्थाहरुको प्राविधिक सहयोग पनि ...
  • गोर्खाली सेनाले विजय हासिल गरेको २५० वर्ष पुगेको अवसरमा राइड टु सिन्धु… Sep 21, 2017 Arthatantracycling to sinduli
    काठमाडौँ । समृद्ध सिन्धुली अभियानको आयोजनामा राइड टु सिन्धुलीगढी नाममा काठमाडौंबाट सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा हुँदैछ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सेनालाई सिन्धुलीगढीमा परास्त गरी गोर्खाली सेनाले गौरवपूर्ण विजय हासिल गरेको २ सय ५० वर्ष पुगेको अवसरमा सो कार्यक्रम आयोजना हुनलागेको हो । https://www.youtube.com/watch?time_continue=23&v=8aNod176AK4 यस वर्षको २५० औं विजयोत्सवलाई भव्य रुपमा मनाउन समृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढी नाममा काठमाडौंबाट सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल ...
  • नेपालको ‘ताजमहल’ मा रिसोर्टहरु सञ्चालनमा आउन थाले,पर्यटकलाई सहज Sep 20, 2017 ArthatantraRani-Mahal-Palpa
    पाल्पा। नेपालको ‘ताजमहल’ भनेर चिनिने पाल्पाको रानीमहल जाने बाटोमा रिसोर्टहरु सञ्चालनमा आउन थालेका छन्। रानीमहल पुग्नुभन्दा चार किलोमिटर अगाडि बगनासकाली गाउँपालिका–८, गाईघाटमा डिउ क्याम्पिङ्ग रिसोर्ट सञ्चालनमा आएपछि रानीमहल आवतजावत गर्ने पर्यटकलाई सहज हुन थालेको छ। रिसोर्टमा खाना, नास्ता तथा बासको समेत व्यवस्था रहेको सञ्चालक बसन्त कुँवरले बताए। तानसेनदेखि १३ किलोमिटर उत्तरमा रानीमहल रहेको छ। कालीगण्डकी नदी विश्वमै वीरलै बहने उत्तरबाहिनी नदीका ...
  • उडानको चाप बढेपछि नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम Sep 19, 2017 ArthatantraAirport png
    नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ । उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ । ...