Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • नेपालका हिमशृङ्खला राष्ट्रिय एकताको प्रतीक : राष्ट्रपति Apr 30, 2016 ArthatantraBiddha-Bhandari1
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, समन्वय, भ्रातृत्व र सहिष्णुताको प्रतीक नेपालका हिमशिखर अमूल्य निधि एवम् राष्ट्रिय धरोहर भएको बताएकि छिन । मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहणको ६० वर्ष पूरा गरेका उपलक्ष्यमा शनिबार काठमाडौँमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक विशिष्टता र अनुपम पहिचान बोकेको हिमालय पर्वत आफैँमा विश्वको ज्यादै ठूलो महत्वपूर्ण धरोहर भएको उल्लेख गरिन । राष्ट्रपति भण्डारीले नेपालको ...
  • सिस्ने हिमाल पदमार्ग निर्माण हुँदै Apr 30, 2016 Arthatantrasisne himal
    रुकुम । भौगोलिक रुपमा निकै कठिन सिस्ने हिमाल पुग्ने पदमार्ग निमार्ण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । जसअन्तर्गत आगामी आव २०७३/७४ मा प्वाङ गाविसको लैपादेखि गुप्ता दहसम्म पर्यटन पदमार्ग निर्माण हुनेछ । रुकुमकोट–छिपखोला–प्वाङ लैपा–गुप्तादह–पाथीभरा हुँदै सिस्ने हिमाल बेस क्याम्पसम्मको पर्यटन पदमार्ग निर्माण गर्न लागिएको हो । काञ्जिरोवा हिमशृङ्खलाअन्तर्गत पर्ने रुकुमको सिस्ने हिमाल समुद्री सतहदेखि ६ हजार ५५१ मिटर उचाइमा अवस्थित छ ...
  • रानीपोखरीको पुननिर्माण सुरु, पर्यटकीय गन्तव्य बनाइने Apr 29, 2016 ArthatantraRani Pokhari
    काठमाण्डौं । भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निर्माणका लागि रानीपोखरीको पानी सुकाउने काम सुरु भएको छ । वि.सं. १६७० मा राजा प्रताप मल्लले निर्माण गराएको रानीपोखरी गत बैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । स्थानीयहरु रानीपोखरी एक बाँस बराबर गहिरो रहेको दावी गर्छन् भने सरकारी अधिकारीहरु ७ फिटसम्म गहिरो हुनसक्ने बताउँछन् । अब पोेखरीको सबै हिलो निकालेर मात्रै त्यसमा नयाँ ...
  • पर्यटन समितिले नगरकोटको फोहर व्यवस्थापन गर्ने Apr 27, 2016 Arthatantraphohar
    काठमाण्डौं। नगरकोटको पर्यटकीय क्षेत्रका फोहर व्यवस्थापनको जिम्मा नगरकोट नाल्दुम पर्यटन विकास समितिले पाएको छ । नगरकोट नगरपालिकाले फोहर बोक्ने एउटा टिपरसहित फोहर व्यवस्थापनको जिम्मा समितिलाई दिएपछि फोहर व्यवस्थापन गर्ने कार्य समितिले सुरु गरेको छ । नगरपालिका र समितिबीच फोहर व्यवस्थापनको सम्झौता भएपछि नगरकोटको पर्यटकीय क्षेत्रको फोहर व्यवस्थापन समितिले गर्न सुरु गरेको समितिका अध्यक्ष दीपक लामिछानेले जानकारी दिनुभयो । समितिका अध्यक्ष लामिछानेले भन्नुभयो˗ “विगतमा ...
  • ‘केहि समय लाङटाङ क्षेत्रमा एक्लै हिंड्न प्रतिबन्ध लगाउनु पर्छ… Apr 25, 2016 Arthatantrataan tims rasuwa
    काठमाडौँ । रसुवाका सांसद छेवांग तेन्जेन तामाङले लाङटाङ क्षेत्र भूकम्प पछि पदयात्रीलाई खुल्ला भैसकेको भए तापनि एक्लै हिंड्नेलार्इ समस्या हुनसक्ने बताउँदै केहि समयको लागि लाङटाङ क्षेत्रमा FIT प्रतिबन्ध लगाउनु पर्ने बताए । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले रसुवाको धुन्चेस्थित टिम्स चेकपोस्ट संचालनमा आएका कठिनाइहरु सम्बोधन आयोजना गरेको बहुपक्षीय अन्तरक्रिया कार्यक्रममा सांसद तामाङले भने म पर्यटन मन्त्रिसंग कुरो गर्छु, अहिलेलाई एक्लै ...
  • जब प्रधानमन्त्रीले भने ‘वेलकम टु नेपाल’ … Apr 25, 2016 ArthatantraNepalese Prime Minister Khadga Prassad Oli, center, lights a butter lamp to initiate reconstruction work in Swayambhunath stupa that was destroyed in last years's earthquake in Kathmandu, Nepal, Monday, April 25, 2016. Prime Minister Khadga Prasad Oli  has announced the start of reconstruction of heritage sites in the capital that were damaged by an earthquake that devastated the country one year ago. (AP Photo/Niranjan Shrestha)
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिना हिचकिचाहट नेपालमा लगानी एवम् भ्रमण गर्न विदेशी लगानीकर्ता र पर्यटकलाई आग्रह गरेका छन् । “गतवर्षको भुइँचालोले नेपालका सबै क्षेत्रमा नै पूर्ण क्षति पारेको होइन, आंशिक क्षतिमात्र पारेको हो, विदेशमा यहाँ लगानी गर्न र घुम्न सुरक्षित छैन भनेर ठूलो हल्ला चल्यो, त्यस्तो होइन, म विदेशी मित्रलाई आग्रह गर्छु, हल्लाको पछाडि नलाग्नुहोस्, यहाँ लगानी र भ्रमण ...
  • ‘जाँतोले छोपेको’ विश्वकै नमुना स्टोन गेम … Apr 24, 2016 Arthatantrasalyan gaun
    हरिशरण न्यौपाने कास्की । पर्यटकीय गाउँ कास्कीको सल्यानमा विश्वकै नमुना स्टोन गेमको सुभारम्भ गरिएको छ । नेपाली जाँतोले छोपेर राखिएका विभिन्न पाँच स्थानका स्टोन गेमले सल्यानको ऐतिहासिक पृष्ठभूमिलाई उजागर गराउनेछ । फ्रान्सेली नागरिक लरेञ्जले आविस्कार गरेको उक्त गेम अर्थात् खेलमा पाँचवटा जाँतोले त्यहाँको इतिहाँसलाई छोपेर राखिएको छ । पाँचैवटा खण्डको जाँतो घुमाएपछि त्यहाँको ऐतिहासिक विषय पूरा हुने र यसले स्वदेशी तथा विदेशी ...
  • भूकम्पपछिको अवस्थालाई सुधार्न होटेलमा ८० अर्ब लगानी गरिँदै Apr 24, 2016 Arthatantra
    पोखरा । नेपालमा २०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण एक वर्ष नै तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । अघिल्लो वर्षको सुरुमा नै आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जर्जरपूर्ण अवस्थामा पुगेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउँदै विकास गर्ने विषयको चासो र चर्चा यतिखेर पोखरामा तीव्र ...
  • बौद्ध सम्मेलनमा मोदी, सि जिनपिङ र मुनलाई निम्तो Apr 21, 2016 Arthatantramodi
    काठमाडौं । नेपालले गौतम बुद्धको २५६० औं जन्म जयन्तीको अवसरमा दुई छिमेकी मुलुकका राष्ट्र प्रमुखलाई निम्तो पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङलाई सम्मेलनका लागि आमन्त्रण गरिएको हो । राष्ट्र संघका महासचिवलाई पनि नेपाल सरकारले निम्तो पठाएको छ । वौद्ध सम्मेलन अन्तरगत जेठको ६ र ७ गते काठमाडौंमा दुई दिन सम्मेलनहरु हुनेछन् । ८ गते ...
  • उपत्यकाका सबै विश्व सम्पदाहरुलाई साइकलले घेरिने Apr 20, 2016 ArthatantraMountain bike participants take part in a cycle rally in Kasthamandap , Kathmandu on Saturday. PHOTO:THT
    काठमाण्डौं । आउँदो शनिबार उपत्यकाका सबै विश्व सम्पदाहरुलाई साइकलले घेर्ने तयारी भएकोछ । टुर दी लुम्बिनी- पेडल फर पिस, काठमाण्डौं साइकल सिटी २०२० र साइकल सिटी नेटर्वक नेपालको आयोजनामा यस्तो कार्यक्रम गर्न लागिएको टुर दी लुम्बिनीका संस्थापक मेघ आलेले जानकारी दिएका छन् । काठमाण्डौं उपत्यकाको सातवटा विश्व सम्पदालाई साइकलले घेर्न लागिएको हो । विश्व सम्पदामा सूचिकृत भएका बसन्तपुर, स्वयम्भु, पशुपति, बैद्धनाथ, चागुनारायण, ...