Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • आन्तरिक पर्यटकको नयाँ गन्तव्य, मुस्ताङ : चैते दशैंमा मात्रै ११ हजार पु… Apr 18, 2016 ArthatantraMustang
    मुस्ताङ । पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।   यस वर्ष हिउँ र वर्षा कम भएका कारण चैत महिनादेखि नै पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसमका समय मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा जाने गरेका छन् । फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त सिजन ...
  • नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनको ५ नम्बर प्रदेशमा सागर अधिकारी Apr 17, 2016 ArthatantraNNETA (7)
    भैरहवा । नेपाल राष्ट्रिय पर्यटन ब्यबसायी संगठनको भैरहवामा सम्पन्न प्रदेश स्तरीय भेलाले पर्यटन व्यवसायी कृष्ण सागर अधिकारीको अध्यक्षतामा ५ नम्बर प्रदेश कमिटी गठन गरेको छ । आइतबार भएको भेलाले उपाध्यक्षमा माधब नेपाल –बुटवल), सचिव प्रदीप आचार्य (लुम्बिनी), सहसचिव इश्वरी जिएम (रोल्पा), कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा वाग्ले –बर्दिया) चयन भएका छन् । सो कमिटीको सदस्यहरुमा सुमन गोपाल आचार्य (नवलपरासी), मनमोहन श्रेष्ठ –पाल्पा) निलकण्ठ ...
  • बालाजुमा ५ करोड खर्चेर स्विमिङ पुल बनाइँदै Apr 17, 2016 Arthatantraswimming pool
    काठमाण्डौं । महानगरपालिकाले बालाजु पार्कमा पाँच करोड रुपैयाँ लागतमा स्विमिङपुल निर्माण गर्ने भएको छ। भुकम्पले ध्वस्त पारेको संरचनालाई पुर्ननिर्माण गरी नयाँ प्रवेशद्धार खोलेर चेन्जिङ रुम सहितको स्विमिङ पुल निर्माण गर्न लागेको हो। त्यहाँ भएको सानो स्विमिङ पुललाई व्यवस्थित गर्न र ठूलो बनाउनका लागि महानगरपालिकाले बालाजु पार्कको एक सय ६२ रोपनी जग्गामा स्विमिङपुलको लागि छुट्टै स्थानको व्यवस्था गर्ने भएको हो । महानगरपालिकाले भुकम्पले ...
  • जाट–नेपालले तय गर्यो घुमफिर वर्ष २०७३ को रणनीतिक योजना Apr 16, 2016 ArthatantraJAT Nepal Vela
    काठमाडौ । पर्यटन पत्रकार संघ(जाट–नेपाल)ले विशेष भेला गरि घुमफिर वर्ष २०७३ का लागि सहयोग पु¥याउने रणनीतिक योजना तय गरेको छ । शनिबार बसेको जाट–नेपालको विशेष भेलाले विभिन्न ९ वटा एजेण्डाहरुमाथि निर्णय गर्दै नेपाल सरकार पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डले अगाडि बढाएको घुमफिर वर्षलाई अझै भव्यताका साथ सम्पन्न गराउने रणनीतिक योजना ल्याएको हो । उक्त भेलाले प्रत्येक वर्ष देशका कुनै एक गाउँलाई ...
  • ४० लाख लागतमा थोराङपास सेल्टर बनेपछि पर्यटकलार्इ सुिवधा Apr 16, 2016 ArthatantraAnnapurna-Rescue-
    काठमाण्डौं । राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङपासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ। जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको रु. ४० लाखको लगानीमा सेल्टर निर्माण गरिएको हो। एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्री समुद्री सतहदेखि ५ हजार ४ सय मिटर उचाइमा रहेको थोराङपासमा पुग्न चाहान्छन्। जिल्ला विकास समितिका कार्यक्रम अधिकृत केदारसिंह थापाले मनाङ र मुस्ताङको ...
  • टान अध्यक्ष चन्द्र रिजाल एकाएक ढलेपछि … Apr 15, 2016 Arthatantrachandra rijal
    काठमाडौँ । टुरिजम एक्सप्रेस पत्रिकाले आयोजना गरेको पर्यटनमैत्री फुटबल प्रतियोगितामा टानको पहिचान हरियो जर्सीमा सजिएर फुटबलमैदान प्रवेश गरेका टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल फूटबल खेल्दा मैदानमै ढल्न पुगे । विद्यार्थी कालमा फूटबल खेले पनि ब्यबसायमा लाग्दा खेल मैदानमा उत्रिन न भयेका अध्यक्ष रिजालले गोल गर्न त सकेनन, तर  दौडदा भने सामान्य घाइते हुन पुगे । खेल्दा फुटबल मैदानमा ढलेका रिजाल सामान्य अवस्थामा छन्  । ...
  • हिमाल पारीको दुई जिल्ला सडकले जोड्ने तयारी Apr 14, 2016 Arthatantramustang
    मुस्ताङ । जिविस मुस्ताङले दुई पर्यटकीय जिल्ला मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने योजना अघि सारेको छ। राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतपर्ने यी दुई जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकले ५४ सय मिटरको उँचाइमा अवस्थित थोराङला पास हुँदै आवतजावत गरिरहेका छन्। हिउँदको याममा भारी वर्षा हुने भएकाले यो रुट पूर्णरुपमा बन्द हुन्छ। सडक सञ्जालमा जोड्न सकेमा यहाँ पर्यटक आवागमन बढ्ने अपेक्षा गरिएको छ ...
  • प्रधानमन्त्रीबाट पोखरा विमानस्थलको शिलान्यास Apr 13, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
    पोखरा । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा निर्माण हुने भएको छ ।अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि बुधबार भव्य समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । चालीस वर्षदेखिको पोखरेलीको सपना साकार पार्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्रीको चीन भ्रमणका बेला चैत ८ गते विमानस्थलका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच ...
  • ग्रेट बुद्धिस्ट मास्टर पदयात्रा मार्गमा ‘इण्डुरेन्स म्याराथनR… Apr 13, 2016 Arthatantrataan 1
    काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सदस्य कम्पनी ‘स्याक्रेड हिमालय ट्रेक एडभेन्चर’ले काभ्रेको ग्रेट बुद्धिस्ट मास्टर पदयात्रा मार्गमा ‘इण्डुरेन्स म्याराथन’ सम्पन्न गरेको छ । टानले चार बर्ष अघि खोज तथा विकास गरेको पदयात्रा मार्गमा गरिएको स्याक्रेड हिमालय इण्डुरेन्स म्याराथनु को प्रबर्द्धन टानले गरेको थियो । काभ्रे जिल्लाको भीमखोरी गाबिसको मानेगाउँबाट शुरु भई त्यहीं टुंगिएको म्याराथनमा १९ बिदेशी सहित कुल ...
  • पर्यटन बोर्डले भन्यो ‘नयाँ वर्ष घुम्ने हर्ष’ Apr 12, 2016 ArthatantraTourist in nepal 1
    काठमाण्डौं । नयाँ बर्ष २०७३ लाई ‘घुमफिर बर्ष’ का रुपमा मनाइने भएको छ । नेपाल पर्यटन बोर्डले ‘नयाँ बर्ष घुम्ने हर्ष’ भन्ने नाराका साथ घुमफिर बर्ष मनाउन लागेको हिजो जानकारी दिएकोछ । कार्यक्रममा वर्ष २०७२ नेपाल र पर्यटन क्षेत्रको नै दुःखद वर्ष रहेको हुँदा अबको वर्षलाई आन्तरिक पर्यटनमा जोड दिइने जानकारी दिइएको थियो । सानो प्रयासबाट ठूलो प्रभाव पार्नका लागि आन्तरिक ...