Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • अब महिना दिनमै चढ्न पाइनेछ काठमाण्डौंमै केबलकार ! Apr 3, 2016 Arthatantrachandragiri-cable-car
    काठमाण्डौं । पर्यटकीय क्षेत्र चन्द्रागिरी डाँडामा काठमाडौँ फनपार्क अन्तर्गतको काठमाडौँ–चन्द्रागिरी केबलकार प्रालिले निर्माण गरिरहेको केवलकारको ९५ प्रतिशत काम पूरा भएको र चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त उक्त केबलकार अस्ट्रियाको ख्यातिप्राप्त केबलकार निर्माता कम्पनी ‘डोपलमेयर’ले निर्माण गरिरहेको छ। केबलकारको मुख्य स्टेसन निर्माणको काम सकिएको र अहिले रोपवेमा केवल तान्ने काम भइरहेको केबलकारका स्टेसन इन्चार्ज इन्जिनियर हरिदेव तामाङले जानकारी दिए। “केबलकारको ...
  • जोडियो ‘प्यूठान–अर्घाखाँची सडक’ Apr 1, 2016 ArthatantraSadak Udghathan (2)
    केशर रोका, प्यूठान । बांगेमरोठ सौतामारे–विड्डाँडा हुँदै अर्घाखाँचीको गोखुंगा जोड्ने साढे आठ किलोमिटर सडक पुरा भएको छ । सडक निर्माणको काम पुरा भएपछि विहिवार औपचारिक कार्यक्रम गरी नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापा र प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा बहादुर के.सी.ले संयूक्त रुपमा उद्घाटन गरेका हुन् । दुवै जिल्लाको संगमस्थल अर्घाखाँची गोखुंगाको कालुकादिपमा आयोजित उद्घाटन कार्यक्रममा ...
  • गाभर भ्याली होमस्टे पुगेर पर्यटन राज्यमन्त्री महतले के-के गरे ? Mar 30, 2016 Arthatantragavar valley
    काठमाडौँ । पर्यटन राज्यमन्त्री बल बहादुर महतले बाँके जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र गाभर भ्याली अवलोकन गर्दै स्वागत द्वारको शिलान्याश गरेका छन् । गाभर भ्याली समुदायिक होम स्टेमा एक रात विताएका मन्त्री महतले बाँके राष्ट्रिय निकुञ्जको जानकारी, थारु संग्राहालयको अवलोकन, लायन्स जैविक पार्क र निर्माणाधिन पुष्पलाल शान्तिबाटीकाको समेत अवलोकन गरेका थिए । पर्यटन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिको सहयोगमा गाभर भ्याली सामुदायिक ...
  • तिब्बतमा पर्यटकीय गतिबिधि संचालन गर्न अप्ठ्यारो भएको कुरा जोडदार रुपमा… Mar 30, 2016 ArthatantraChandra rijal
    काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदल सदस्यका रुपमा आफुले गरेको चीन भ्रमण अत्यन्त सफल भएको प्रतिक्रिया दिएका छन् । पहिलो पटक पर्यटन क्षेत्रको संस्थागत प्रतिनिधित्व गर्दै उच्चस्तरीय सरकारी भ्रमणमा सहभागी भएका अध्यक्ष रिजालले नेपाली पर्यटन क्षेत्रले भोग्नु परेको समस्याबारे छलफल गर्दै तिब्बतमा पर्यटकीय गतिबिधि संचालन गर्ने नसकेको कुरा जोडदार रुपमा उठाएको ...
  • जाटद्वारा जेटूजे सम्मेलनमा भाग लिनेलाई सचेत रहन आग्रह Mar 30, 2016 ArthatantraJAAT
    काठमाण्डौं । पर्यटन पत्रकार संघ (जाट नेपाल)ले अघि सारेको जेटूजे सम्मेलनको हिस्सा लिन खोज्नेलाई सचेत रहन आग्रह गरेको छ । ६ महिना अघिदेखि निरन्तर नेपाल सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगाएत विभिन्न निजी व्यवसायिक छाता संगठन तथा पर्यटन विज्ञहरुसँग रायसुझाब लिँदै कार्यक्रम सञ्चालनको अन्तिम घडिमा पुगेको अवस्थामा अन्य संस्थाले यसको हिस्सा लिन खोज्नु लज्जास्पद भएको जाट नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख ...
  • मिर्गौला पिडित श्यामकुमार बुढाथोकीलाई टानले उपचार गर्ने Mar 29, 2016 ArthatantraChandra Rijal TAAN
    काठमाडौँ । ढेड दशकअघि बाध्यताले मिर्गौला बेचेपछि बिरामी पर्न थालेका  काभ्रेपलाञ्चोक जिल्ला होक्से गाविस जोरपिपलका श्यामकुमार बुढाथोकीको उपचारमा ट्रेकिंग एजेन्सिज एसोसिएन अफ नेपाल (टान) ले सघाउने भएको छ । २०७२ चैत्र १४ गते साँझ न्युज २४ टेलिभिजनमा प्रशारण भएको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको जनाउदै टानका अध्यक्ष चन्द्र रिजालद्वारा जारी बिज्ञप्तिमा बुढाथोकीको उपचारमा बढीमा ५० हजार रुपिया सम्म सघाउने उल्लेख छ । बुढाथोकी  मिर्गौला ...
  • हेर्नुहोस मनमोहक २० तस्विर, लुम्बिनीदेखि स्वर्गद्वारीसम्म … Mar 28, 2016 Arthatantra1 Lumbini
    शब्द तस्विर : रामेश्वर कार्की/हरिशरण न्यौपाने १.यो पहिलो तस्विर भैरहवा, लुम्बिनीमा अवस्थित भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो । यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरुकाबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो ...
  • ‘जे’ टू ‘जे’ सम्मेलन बैशाख ११ गतेदेखि गर्न पर्यटन मन्त्रीको सुझाव Mar 28, 2016 Arthatantraj to j aa
    काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले ‘जे’ टू ‘जे’ सम्मेलन गर्नको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । पर्यटन पत्रकार संघ (जाट–नेपाल)को प्रतिनिधि मण्डलसँगको विशेष भेटमा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धनको नयाँ अवधारणाको कार्यक्रम ‘जे’ टू ‘जे’ बैशाखको दोस्रो साता अर्थात ११ गतेदेखि सुरु गर्न सुझाब समेत दिएका छन् । नेपाल सरकारले विनासकारी भूकम्पको सम्झनामा बैशाख १२ ...
  • लुम्बिनी आउने पर्यटक रिडी हुँदै रानीमहलसम्म Mar 27, 2016 ArthatantraIMG_5945
     काठमाण्डौं । पर्यटकीय गन्तब्यहरुको खोजि, पहिचान र प्रबद्र्धनका लागि एक हप्ते यात्रा गरेको सोट्टो नेपालले लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर त्यहाँको यात्रालाई रिडी हुँदै रानीमहलसम्म घुम्ने एक हप्ते प्याकेजका रुपमा अगाडि बढाउने निश्कर्ष निकालेकोछ । लुम्विनी घुम्ने चाहना राखेर आउने पर्यटकहरुले एक दिनमै सो क्षेत्र घुमेर सकिएपछि उनीहरुको बसाइँ छोटो हुने भएकाले नजिकका सम्भावित क्षेत्रहरुको अध्ययन गरेर फर्किएको टोलीले यस्तो निश्कर्ष ...
  • एक नाउर मारे वापत डेढ लाख रुपैयाँ ! Mar 27, 2016 ArthatantraBharal in Nepal Dhorpatan
    बागलुङ । ढोरपाटन शिकार आरक्षमा सुरु भएको झारल र नाउको दोस्रो यामको शिकारका लागि नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्रयाक एन्ड टेल्र्स प्रालि र ओपन नेपाल वाइल्ड लाइफ सफारी मार्फत विदेशी शिकारी आएका छन् । अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका र नर्वेबाट शिकारी ढोरपाटन आउने गरेको सहायक संरक्षण अधिकृत पशुपति अधिकारी बताएका छन् । उनका अनुसार ...