Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • तारा गाउँको जग्गा फिर्ता गराएर राष्ट्रिय संग्राहलय बनाउँछु : पर्यटन मन… Feb 21, 2016 ArthatantraTAAN Lhosar
    काठमाडौं । पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले गलत निर्णयका कारण तारा गाउँ विकास समितिको झण्डै १५० रोपनी गुमेको जग्गा फिर्ता गराउने बताए । शुक्रबार साँझ ह्यात होटेलमै आयोजित टान ल्होसारको अवसरमा मन्त्री पोखरेलले अघिका समितले असमान ढंगले गरेको सम्झौताले गुमेको जग्गा फिर्ता गर्ने पक्षमा आफु रहेकाले सबैको सहयोगको अपेक्षा गरे । यो जमिनको सम्झौता खारेज गरेर यही ठाउँमा ...
  • टुरिजम् प्रडक्टको रुपमा ‘टान ल्होसार’ Feb 18, 2016 ArthatantraTAAN Lhosar
    काजी श्रेष्ठ काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) ले आयोजना गरेको ‘टान ल्होसार’ सम्पूर्ण तयारी पुरा गरेको छ । यस वर्ष फेब्रुअरी १९ (शुक्रबार) ह्यात रिजेन्सीमा आयोजना गरिएको ल्होसार विशेष साँस्कृतिक कार्यक्रमको साथमा उपराष्ट्रिपति नन्दबहादुर पुनले उद्घाटन गर्ने टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । तामाङ, गुरुङ र शेर्पा समुदायको प्रमुख पर्वलाई भव्यता दिन उक्त समुदायका साँस्कृतिक कला प्रर्दशनी गरिने ...
  • टूर्गानको अध्यक्षमा नगेन्द्र चन्द Feb 18, 2016 Arthatantraturgan
    काठमाडौं । पर्यटक पथप्रदर्शकहरुको छाता संगठन टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टूर्गान)को २३ औँ साधारणसभाबाट अध्यक्षमा नगेन्द्र चन्द निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ भडेल, द्धितीय उपाध्यक्षमा भाइकृष्ण खड्का, प्रथम उपाध्यक्षमा केदार तामाङ, महासचिवमा हेमबिक्रम शाही, सचिवमा शालिग्राम सुबेदी र कोषाध्यक्षमा यादबप्रसाद खतिवडा निर्विरोध निर्वाचित चयन भए । यस्तै सदस्यहरुमा कुुमार रुपाखेती, शुशिल नेपाल, प्रमि ...
  • स्वस्थ पर्यटन आजको आवश्यकता Feb 15, 2016 Arthatantraघनेन्द्रबहादुर श्रेष्ठ
बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड
    घनेन्द्रबहादुर श्रेष्ठ बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड विगत केहि समय देखि नेपालको पर्यटनमा गुणात्मतामा कमी आएको भन्ने बुझिन आएको छ । नेपालको पर्यटन ब्यवसायलाई अँगाल्ने ब्यवशायीहरु अधिकांश अनुभव र मेहनतबाट ब्यवसायी बन्न सफल भएका छन । तर हिजोआज मानिसहरुमा अत्यन्तै द्रुतगतिमा धनोपार्जन गर्ने र भौतिक विलासका साथ जीवन विताउन चाहने महत्वकांक्षा बृद्धि भएका कारण अनुभव र गुणात्मकता भन्दा पनि ब्यवसायी बन्ने ...
  • गैंडा चितवनमा जन्मिएर भारतमा चर्न जाँदैमा इन्डिएन राइनोसर हुन्छ ? Feb 14, 2016 Arthatantraparyatan parisad photo
    काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीले एक सिङे गैंडालाई गैंडाकै रुपमा चिनाउनु पर्ने बताएका छन् । आइतबार बालुवाटारमा आयोजित राष्ट्रिय पर्यटन परिषदको पहिलो बैठकमा सम्बोधन गर्दै एक सिङे गैंडा नेपालमा मात्र पाइने भएकाले यसको अरु कुनै नाम हुन नसक्ने बताए । ओलीले एक सिङे गैंडा नेपालको पहिचान हो, दुई सिङे अफ्रिकाको भएहो उनले भने युरोप र अमेरिका जहाँ गैंडा पाइन्न त्याहींकाले ...
  • प्रधानमन्त्रीद्वारा उच्चस्तरीय ‘राष्ट्रिय पर्यटन परिषद’ गठन Feb 14, 2016 Arthatantraparyatan parisad
    काठमाडौं । सरकारले मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी भुमिका बढाउन प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय ‘राष्ट्रिय पर्यटन परिषद’ गठन एवं विस्तार गरेको छ । प्रधानमन्त्रीको अध्यक्ष र पर्यटन मन्त्री उपध्यक्षसहित २० वटा मन्त्रालयका मन्त्रीहरु सदस्य रहने परिषदमा पर्यटन क्षेत्रका व्यवसायी एवं संघ संगठनका प्रतिनिधी र लव्ध प्रतिष्ठत व्यक्तिहरु समेटेर आठ सदस्य मनोनित गरिएको हो । परिषदमा लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट अम्बिकादेवी श्रेष्ठ, लाक्पा सोनाम शेर्पा र भवानी राणालाई ...
  • कृषि पर्यटनको नमुना गाउँ बन्दै नलाङ Feb 13, 2016 Arthatantraagro paryatan
    कृषि पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई मौलिक नेपाली संसकृति र सामजिक सद्भाव बढ्ने प्रचुर संभावना हुन्छ । राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण अंग भएको र देश विकासको लागि पर्याप्त संम्भावना बोकेको क्षेत्र पर्यटन क्षेत्र हो । देशको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु हामी सबैको दायित्व हो । पर्यटन उद्योग पुर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले ...
  • टानमा नयाँ कार्यसमितिको आंशिक सफलता Feb 12, 2016 ArthatantraChandra Rijal TAAN
    काठमाडौं । हुदहुद लगायत हिमपहिरोमा ज्यान गुमाएका मजदुरका परिवारलाई ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानले दिन बाँकी क्षेतिपुर्ति रकम उपलव्ध गराउने भएको छ । अघिल्लो कार्यसमितिले टिम्स (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) बिक्रि गरेबापतको रकमबाट उपलव्ध गराउनु पर्ने सो रकम उपलव्ध गराउन सकेको थिएन । अघिल्लो कार्यसमितिको चार करोड बढी बेरुजु फछ्र्योट हुन नसक्दा १८ करोड बढी रकम नेपाल पर्यटन बोर्डमा रोकिएको थियो ...
  • धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्य रुविभ्याली Feb 12, 2016 ArthatantraRuby Valley
    आकर्षक पदमार्ग पर्यटन गन्तव्यको रुपमा रहेको रुवी क्षेत्र धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्यको रुपमा विकाश गर्न सकिने क्षेत्र हो । उत्तरी धादिङको पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेको गणेश हिमाल क्षेत्र रुवी भ्यालीको प्रमुख आकर्षणको विन्दु भनेको गणेश हिमश्रंखलाको दृश्यावलोकन नै हो । यो हिमाल मौसम सफा हुँदा काठमाण्डौबाट समेत हेर्न सकिन्छ । मनास्लु र लाङटाङ हिमालको विचमा अवस्थित गणेश हिमालको लोभलाग्दो ...
  • ‘अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार’ सम्मेलनमा भाग लिन पर्यटन मन्त… Feb 8, 2016 Arthatantraaanandha pokharel
    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल इजरायलमा हुन लागेको ‘अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार’सम्बन्धी सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनले इजरायलको पर्यटन मन्त्रालय र टुरिजम अपरेटर्स एसोसिएसनले तेलअभिभ एक्जिविसन ग्राउन्डस्मा यही माघ २६ र २७ गतेसम्म हुन लागेको २२ औँ सम्मेलनमा भाग लिनेछन् । विश्वभरिका पर्यटनसम्बन्धी कम्पनीलाई एकीकृत गरी पर्यटन बजारको एक आपसमा सहकार्य गर्ने ...