Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • धार्मिक पर्यटनको विकासमा एकजुट हुन राष्ट्रपतिको जोड Aug 23, 2017 ArthatantraBidhya Bhandari
    भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि एकजुट हुनुपर्ने बताएकी छन् । भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं वाषिर्कत्सवमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले देश विकास निर्माणका लागि महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि अब महिलाहरुको अग्रसरता अपरिहार्य भएको बताइन । मंगलबारका दिन केदारनाथको शिर ...
  • पर्यटन मजदुरको सबैभन्दा ठूलो संस्था यूनिट्राभको अध्यक्षमा पराजुली Aug 21, 2017 ArthatantraUnitrav new comittee suman parajuli
    काठमाडौ । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदुर संगठन नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को १२ औं राष्ट्रिय अधिबेशनले सुमनप्रसाद पराजुलीको अध्यक्षतामा २४ सदस्यीय नयाँ केन्द्रिय समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा मिलनकुमार तामाङ,अम्मर बहादुर तामाङ र टिकादेवी गर्वुजा पुन निर्बिरोध चयन भएका छन् । यस्तै महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा तुलसीप्रसाद सुवेदी, सचिवहरुमा फुडोमा शेर्पा र खिलानाथ दाहाल चयन भएका छन् ...
  • अब ढुक्क भएर सबै संस्थामा मजदुर यूनियन खोल्न जिफन्ट अध्यक्ष रिमालको नि… Aug 20, 2017 ArthatantraUnitrav photo (7)
    काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)का अध्यक्ष विष्णु रिमालले ढुक्क भएर सबै संस्थामा यूनियन खोल्न मजदुरहरुलाई निर्देशन दिएका छन् । नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–कर्मचारी मजदुर यूनियन(यूनिट्राभ)को १२ औं राष्ट्रिय महाधिबेशन उद्घाटन गर्दै जिफन्ट अध्यक्ष रिमालले श्रम ऐनले गरेको व्यवस्था अनुरुप ढुक्क भएर यूनियन खोल्न र यूनियनमा लागेका श्रमिकलाई अन्तिम अवस्थासम्म पनि निकाल्न नपाइने बताए । उनले भने, “अब यूनियनमा भाग लिन पाईन्न ...
  • लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध हुँदा १ सय पर्यटक रोकिए Aug 16, 2017 ArthatantraLukla Airport
    सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए । उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए ...
  • लुक्ला र बिराटनगर बाहेक सबै एयरपोर्टमा उडान सुचारु Aug 15, 2017 Arthatantrabiratnagar airport flood 2074
    काठमाडौं । बाढीका कारण जलमग्न भएको बिराटनगर एयरपोर्टबाहेक तराईका अन्य सबै विमानस्थलमा अहिले उडान सुरु भइसकेका छन् । बिराटनगर एयरपोर्टमा हिलो पन्छाउने काम भइरहेकाले अझै केहि दिन लाग्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अहिले लुक्ला र बिराटनगरमा मात्रै उडान हुन सकिरहेको छैन । बिराटनगर लुक्लामा प्रतिकूल मौसमका कारण विमानले उडान भर्न नसकेका हुन् ...
  • होटल मल्लविरुद्ध आन्दोलन थाल्ने पर्यटन श्रमिकहरुको चेतावनी,११ प्रतिष्ठ… Aug 14, 2017 Arthatantragokarna resort labour
    काठमाडौ । तारे होटल तथा रेष्टुरेन्टहरुमा क्रियाशिल पर्यटन श्रमिक तथा श्रमिक नेताहरुले श्रम ऐन तथा श्रम कानुन चाँडो भन्दा चाँडो लागू गराउन सरकारको ध्यानाकर्षण गराएको छ । गोकर्ण फरेष्ट रिसोर्ट नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयु)ले विभिन्न ११ वटा प्रतिष्ठानका प्रतिनिधिलाई भेला गराई उक्त निर्णय गरिएको गोकर्ण फरेष्ट रिसोर्ट नेस्वहोमयुका अध्यक्ष केशबराज सापकोटाले जानकारि दिए । पर्यटन क्षेत्रमा ...
  • पर्यटकीयस्थल सौराहाका अधिकांश होटल डुबानमा,सयौं पर्यटक प्रभावित Aug 13, 2017 Arthatantrasauraha hotel 2
    चितवन । अविरल वर्षाका कारण चितवनको पर्यटकीय स्थल सौराहाका अधिकांश होटल डुबानमा परेका छन् । सौराहमा पर्यटकलाई लक्षित गरेर सञ्चालमा आएका १ सय १० होटल डुबानमा परेका हुन् । डुबानका कारण चितवन घुम्न आएका पर्यटकहरु समेत प्रभावित भएका छन् । सौराह क्षेत्रमा करीब ६ सय पर्यटक रहेको अनुमान गरिएको छ । होटलको ग्राउण्ड फ्लोर डुबानमा परेका कारण पर्यटकहरुलाई दोस्रो तलामा राखिएको पर्यटन ...
  • बेनीले दिनेभयो चुलि निम्तो Aug 12, 2017 Arthatantramagdi
    म्याग्दी । म्याग्दीमा २०७५ साललाई ‘बेनी भ्रमण वर्ष २०७५’ का रुपमा मनाउने तयारी शुरु भएको छ ।पर्यटकीय सम्भावनाले युक्त म्याग्दीलाई राष्ट्रिय, अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा भित्र्याउने उद्देश्यले यस्तो तयारी सुरु गरेको हो । जिल्लाका युवाहरुले सरोकार भएका संघसंस्थासँग सहकार्य गरेर सो अभियानको तयारी शुरु गर्दै आएका हुन् । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव एवं परोपकारी संस्था ...
  • श्री एयरलाइन्सले पायो उडान अनुमति,व्यवसायीक उडान सुरु Aug 11, 2017 Arthatantrashree airlines
    काठमाडौ। नेपालमा विमान ल्याएको झण्डै ४ महिनापछि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडान अनुमति (एओसी) दिएको छ । श्री एयरलाइन्सका अनुसार प्राधिकरणले बिहिबार अनुमति प्रदान गरेको हो । तीनवटा जहाज ल्याइसकेको श्री एयरलाइन्सले आज शुक्रबारदेखि नियमित उडान थाल्ने श्री एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । एयरलाईन्सले भैरहवा र नेपालगञ्जको उडान थाल्ने जनाएको छ । चार महिना अघिदेखि ...
  • तिब्बत एयरलाइन्सको चेङ्दु–काठमाडौ उडान सुरु Aug 9, 2017 Arthatantratibbet airlines
    काठमाडौ ।तिब्बत एयरलाइन्सले मंगलबारदेखि चेङ्दु–काठमाडौं उडान थालेको छ। कम्पनीले साताको चार दिन उडान गर्नेछ। कम्पनीका अनुसार सोमबार,मंगलबार,विहिबार र शनिबार उडान गर्नेछ। कम्पनीका अनुसार जहाजमा ८ वटा विजनेश क्लास र १ सय २० वटा इकोनोमी क्लासको सीट हुनेछ । कम्पनीले नेपालमा टिकट बिक्रीका लागि हिमालय एयरलाइन्सलार्इ आधिकारिक बिक्रेता नियुक्त गरेको छ। प्रकाशित मितिः२०७४ साउन २५