Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • एनएमए निर्वाचनमा धाँधली गरिएको शेर्पा समूहको आरोप Aug 8, 2017 ArthatantraZimba sherpa
    काठमाडौ। गत साउन २१ गते सम्पन्न नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा धाँधली गरिएको जिम्बा जाङ्बु शेर्पा समूहले आरोप लगाएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरी अध्यक्षमा पराजित जिङ्बा जाङ्बु शेर्पाले भोट हाल्न नआएका संघका साधारण सदस्यहरुको परिचयपत्र फर्जी मतदातालाई दिएर आफ्नो पक्षमा भोटिङ गराएको दाबी गरे । पत्रकार सम्मेलनमा शेर्पा समूहले निर्वाचनमा धाँधली गर्न गैरसदस्यले संघको सचिवालयबाट निर्वाचन भइरहेको समयमै भोटिङ ...
  • भारतिय चर्चित अभिनेता सुनिल शेट्टी एकाएक चन्द्रगिरिको डाँडोमा देखिए पछ… Aug 6, 2017 Arthatantrasunil sethi
    काठमाडैँ । भारतका चर्चित अभिनेता सुनिल शेट्टीले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । उनले भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृश्यहरुको पनि अवलोकान गरेका हुन् । अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रमशाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका छन् । शेट्टीले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिँद ैकाठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर ...
  • पर्वतारोहण संघको अध्यक्षमा सन्तवीर लामाको सानदार जित Aug 6, 2017 ArthatantraNAM elections cover photo
    काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सन्तवीर लामा विजयी भएका छन् । अध्यक्षसहित पदाधिकारीका अधिकांश पदमा लामा समहूका उम्मेद्वारले जित हाँसिल गरेका छन् भने महासचिव शेर्पा प्यानलका उम्मेद्वारले जितेका छन् । शनिवार भएको निर्वाचनको करीब राति १२ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार पाँच पदाधिकारी र पाँच सदस्य लामा समूहका उम्मेदवरले जितेको छ भने चार सदस्य सहित महासचिव शेर्पा नेतृत्वको समूहले ...
  • ९ प्रतिशले पर्यटकको संख्या बढ्दा अमेरिकी पर्यटकको हिस्सा सबैभन्दा धेरै Aug 3, 2017 Arthatantratourists
    मोरोक्को। मोरोक्कोमा सन् २०१७ को मध्यसम्ममा अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्यामा नौ प्रतिशतले वृद्धि भएको छ । अर्थसम्बन्धी एक पत्रिका ‘एल इकोनोमिस्ट’ बुधबार सार्वजनिक गरेको विवरणअनुसार परम्परागत युरोपेली बजारबाटै यो संख्यामा वृद्धि भएको हो । मोरोक्कोको पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै लेखिएको समाचारमा सबैभन्दा धेरै अमेरिकाबाट २७ प्रतिशत पर्यटक मोरोक्को आएका छन् । त्यसैगरी अमेरिकापछि धेरै पर्यटक आउनेमा जर्मनीका १२ प्रतिशत रहेका ...
  • यी हुन् पर्वतारोहण संघको निर्वाचनमा सन्तवीर लामाका सारथी : प्रोफाइल Aug 2, 2017 Arthatantrafb cover
    नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामि कार्यकालका लागि साउन २१ गते हुन लागेको निर्वाचनका लागि सन्तबीर लामा अध्यक्ष रहेको १५ सदस्यीय प्यानल चुनावी मैदानमा होमिएको छ । जातीय लैंङिगक, क्षेत्रगत लगायत सबै समूहलाई मिलाई पूर्णरुपमा समावेशी रहेको दाबीका साथ मनोनयन दर्ता गरेर साधारण सदस्यहरुकाबीच भोट माग्ने दौरानमा रहेका उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर घरदैलो, सामुहिक भेटघाट र प्रचार प्रसारमा व्यस्त रहेका ...
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु Aug 2, 2017 Arthatantrapokhara airport
    पोखरा। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माणका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा बुधबार आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो जानकारी गराएका हुन् । ६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना निर्माण ...
  • एनएमए निर्वाचनको लागि सन्तबीर लामा अध्यक्ष समूहको प्यानल घोषणा Aug 1, 2017 ArthatantraNMA Santabir pannel
    काठमाडौ । नेपाल पर्वतारोहण संघ(एनएमए) को आगामि कार्यकालका लागि साउन २१ गते हुन लागेको निर्वाचनका लागि सन्तबीर लामा अध्यक्ष रहेको १५ सदस्यीय प्यानल घोषणा भएको छ । मंगलबार काठमाडौको ठमेलमा अवस्थित होटल बैशालीमा एक कार्यक्रम गरी लामा नेतृत्वको प्यानल घोषणा गरिएको हो । उक्त समूहलाई नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संगठन, पर्यटनमा आबद्ध विभिन्न व्यवसायीक मोर्चा र ...
  • आहा ! पोखराको सराङकोट,भदौ १६ देखि तेस्रो सराङकोट महोत्सव हुँदै Aug 1, 2017 Arthatantrasarangkot-sunrise,pokhara
    पर्यटनका लागि सुन्दर नगरी पोखरा पुगेका संसार भरका नागरिकहरु सराङकोट नपुगी फर्कीए भने उनीहरु अधुरै रहन्छन । पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुले जोड्ने बिम्व हो सराङ्गकोट । बाहिरबाट सबैले चिनेको सराङ्गकोटको भित्री अन्तर्य संसारभरी फैलाउन फरी एक पटक सराङ्गकोट महोत्सव हुँदैछ । सराङ्गकोट संसार भरका पर्यटन पारखीलाई फेरी निम्तो गर्दैछ । तेस्रो सराङ्गकोट पर्यटन महोत्सव आगामी भदौ १६ गतेदेखि ...
  • पर्वतारोहण संघमा लामा र शेर्पाको प्यानलै चुनावी मैदानमा Jul 31, 2017 ArthatantraNAM elections cover photo
    रबिना पौडेल काठमाडौं । पर्वतिय पर्यटन व्यवसायीहरको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी अधिवेशनमा दुई प्यानलबीच चुनाव हुने पक्का पक्की भएको छ । यही साउन २१ हुने साधारण सभा तथा अधिवेशनमा पुर्व अध्यक्ष जिम्बाजाङ्बु शेर्पा र प्रथम उपाध्यक्ष सन्तबीर लामाको प्यानल चुनावी मैदानमा उत्रिएका छन् । प्यानल निमार्णसंगै उम्मेदवारको घोषणा शुरु भएको छ । मंगलबार दिउँसो १ देखि ३ बजेसम्म हुने ...
  • अब बसन्तपुर दरबार स्वायरमा सुटिङ गर्दा कर तिर्नुपर्ने,कति तिर्नुपर्छ ? Jul 31, 2017 Arthatantrabasanta durbar square
    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले बसन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो । ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्युजिक ...