back
NMB ad

थाहा पाइराख्नुस्, २ अर्ब २७ करोडभन्दा बढीको सेयर निस्कान हुँदै

Kumari bank ad

काठमाण्डौंं । तीन वित्तीय संस्थाले २ अर्ब २७ करोडभन्दा बढीको हकप्रद निस्कासनका लागि धितोपत्र बोर्डमा आबेदन दिएका छन् । यसरी हकप्रदका लागि धितोपत्र बोर्ड पुग्नेमा सनराइज बैंक, गरिमा बिकास बैंक र गुडविल फाइनान्स रहेका छन् ।

सनराइज बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद निस्कन गर्न लागेको हो। बैंकले साबिक १० सेयर हुनेलाई तीन हकप्रद दिन लागेको हो। हकप्रद निस्कासनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ।

त्यस्तै, गरिमा बिकास बैंकले ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार २६६ कित्ता हकप्रद निस्कासन गर्न लागेको हो। बैंकले साबिक १० सेयर हुनेलाई ७ हकप्रद निस्कासन गर्न लागेको हो। बैंकले हकप्रद निस्कासनको लागि एस क्यापिटललाइ बिक्री प्रबन्धक तोकेको छ।

यसैगरी, गुडविल फाइनान्सले २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद निस्कासन गर्ने भएको छ। फाइनान्सले साबिक १० सेयर हुनेलाई ६ हकप्रद सेयर दिन लागेको हो। फाइनान्सले एनआइबिल क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको छ।

९ चैत २०७३, २।००

वि.सं.२०७३ चैत ९ बुधवार १५:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...