back
NMB ad

चुनावताका यस्ता थिए राजनीतिक दलका प्रतिबद्धता, अहिलेसम्म के–के पुरा भए ?

Kumari bank ad

हरिशरण न्यौपाने ।

नीजि क्षेत्र विकासको इन्जिन
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र सहित साना राजनीतिक दलहरुले पनि समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने मुलमन्त्र बनाएर २०७० को चुनावका बेला आफ्नो आर्थिक प्रतिबद्धता जनतासामु पेश गरेका थिए । तीन खम्बे अर्थनीतिको विषयलाई तीन ठुला दलहरुले प्राथमिकताका साथ उठान गर्दै आर्थिक विकास प्रयासमा नीजि क्षेत्रलाई इन्जिन हो भने । साथै सहकारीलाई पनि सँगसँगै लैजाने दलका घोषणापत्रमा स्पष्ट उल्लेख गरिएका विषय हुन् । घोषणपत्रअनुसार दलहरुले सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रको सामुहिक प्रयासमा देशमा लगानीको विकास गरिनेछ त्यसैतर्फ सबैको साझा प्रयास हुनेछ ।

जनतासामु भ्रमको खेती गरिंदै

मुलुकको राजनीतिक परिवर्तनसँगै दलहरुको नारा कहिले उद्योगको विकास, कहिले कृषिको विकास, त कहिले बिद्युतको विकास बन्न पुगेको छ । दलहरुका ढुलमुले विकास–प्रक्रिया विशेषतः जनता केन्द्रित भन्दापनि भोट केन्द्रित बनिरहेको देखिन्छ । जुनसुकै परिवर्तन होस् या चुनावका प्रतिबद्वतामा दलहरुले आर्थिक विकासलाई नै पहिलो प्राथमिकता दिएजस्तो देखियो । तर त्यो जनतासामु भ्रमको खेतीभन्दा केहि गरेका छैनन् भन्ने पुष्टि हुँदैछ ।

लोभलाग्दा प्रतिबद्धता र सपनाहरु

दोस्रो संबिधानसभाको निर्वाचनताका दलहरुले जनतासामु बाँडेका सपनाहरु कम्ता लोभलाग्दा थिएनन् । दलहरुले ५ वर्ष, १० वर्ष, २० वर्ष, ४० वर्ष गर्दै अल्पाकालिन र दिर्घकालिन आर्थिक विकासका मोडल जनतासामु पस्के । दलहरुको घोषणापत्रमा दाहोरो अंकको आर्थिक वृद्धि,३ देखि ५ वर्षमा लोडसडिङको अन्त,औधोगिक, पूर्वाधार, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारमा देखिएका सम्पूर्ण समस्याको अन्त्य गर्दै मुलुकलाई समृद्व पार्ने प्रतिबद्धता जनाए । कमविकसित मुलुकबाट विकाससिल राष्ट्रमा स्तरोन्नति गर्ने उद्घोष गरे ।

चुनावी परिणामः
चुनावी परिणामले कांग्रेसलाई पहिलो शक्ति, नेकपा एमालेलाई दोस्रो शक्ति र एकिकृत नेकपा माओवादीलाई तेस्रो शक्तिकारुपमा उभ्याईदियो । यी तीन प्रमुख शक्तिहरुले चुनावताका गरेका आर्थिक विकासका प्रतिबद्धताका झलकहरु यतिखेर सबैले स्मरण गर्नुपर्ने आवश्यकता छ । दशैं मनाउन गाउँ छिरेका नेतालाई तपाईले सोध्नुहोस्, तपाई र तपाईको दलले चुनावताका गरेका आर्थिक प्रतिबद्धता कुनचाँहि पुरा भए भनेर ।

यसबीच तीन ठूला दल नै सरकारको नेतृत्वमा

ठूला तीन दल नै यो बीचमा सरकारको नेतृत्वमा छन् । सबैभन्दा पहिले नेपाली कांग्रेसले सत्ताको नेतृत्व लियो । त्यसपछि एमालेको सरकार आयो । त्यसलार्य विभिन्न बाहानामा ढलाईयो । अहिले एमाओवादी केन्द्रको नेतृत्वमा देश चलिरहेको छ । सत्ताको साँचो उनीहरुको हातमा नै छ । तर यी दलहरुले चुनावताका गरेका प्रतिबद्धता कति पूरा गरे होलान् ? दलहरुका प्रतिबद्धतालार्य एकपटक हेर्नुहोला र नेताहरुलार्य सोध्नुहोला ?

सर्वप्रथम चुनावपछि सबैभन्दा ठूलो बनेको दल बनेको नेपाली कांग्रेसले चुनावका बेला गरेको आर्थिक विकासको प्रतिबद्धताः

नेपाली कांग्रेस

–“समृद्ध नेपाल सम्पन्न नेपाली” समृद्ध नेपाल निर्माणका लागि कृषि क्रान्ति, पर्यटन विस्तार र जलश्रोतको विकासमा दश वर्षमा समृद्ध नेपाल वनाइनेछ ।
–देशभित्र लगानीको वातावरण निर्माण गरी ८ देखि १० प्रतिशतका दरले आर्थिक वृद्धि हासिल गरिनेछ ।
–आगामी २० वर्षभित्र नेपालई उच्च मध्यम आय समुहमा प्रवेश गराइनेछ ।
–आगामी ५ वर्ष भित्रमा प्रत्येक नेपालीको औसत बार्षिक आय एक लाख रुपैयाँ पु¥याईनेछ ।
–औद्योगिक क्षेत्रको उत्पादकत्व वृद्धि गरी कुल गार्हस्थ उत्पादनको योगदान आगामी ५ वर्षभित्रमा १० प्रतिशत पु¥याईनेछ ।
–कृषिमा आश्रित जनसंख्या हालको ६८ प्रतिशतबाट आगामी पाँच वर्ष भित्रमा ५५ प्रतिशतमा झारिनेछ ।
–आगामी ३ वर्ष भित्र नेपालमा लोड सेडिङको अन्त गरिनेछ ।
–अगामी २ बर्ष भित्र औद्योगिक क्षेत्र तथा करिडोरहरू र राजधानी क्षेत्रलाई लोडसोडिङ मुक्त गराइनेछ ।
–आगामी पाँच बर्षभित्रमा कुल ५ हजार मेगावाट जलबिद्युत उत्पादन गरिनेछ ।
–आगामी ४ वर्ष भित्र सवै नेपाली परिवारलाई सुपथ मूल्यमा प्रदुषण मुक्त आधुनिक उर्जा उपलब्ध गराइनेछ ।
–आगामी दिनमा नेपाली कांग्रेसले कुनै पनि अवस्थामा नेपाल बन्द वा कुनै स्थान विषेश बन्द कार्यव्रmम गर्नेछैन ।
–बन्द हड्ताल जस्ता गतिविधीबाट निजी सम्पत्तिमा क्षति पुगेमा त्यस्तो गतिविधी गर्नेहरुबाट आर्थिक क्षतिपूर्ती गर्नुपर्ने कानूनी प्रबन्ध गरिनेछ ।
–उद्योगी व्यवसायीहरुलाई आर्थिक योगदान वा चन्दा दिन वाध्य नपार्ने ,यस्तो भेटिएमा कडा कारवाही गर्ने कानूनको निर्माण गरी लागु गर्नेछ ।
– प्रत्येक विपन्न नेपाली परिवारलाई घरायसी प्रयोजनका लागि दैनिक एक युनिट विद्युत निःशुल्क उपलब्ध गराइनेछ ।
–रोजगारीको संवैधानिक हकलाई व्यवहारमा उतार्न देशभित्र प्रत्येकलाई रोजगारीको अवसर सृजना गर्नेछ ।
–प्रत्येक नेपालीलाई वार्षिक न्यूनतम एक सय दिनको रोजगारीको व्यवस्था सुनिश्चित गरिनेछ ।
–रोजगारिको लागि बाध्याताबस विदेशिने अवस्थाको अन्त्य गरिनेछ ।
–सार्वजनिक, निजी, सहकारी साझेदारीमा आगामी ५ वर्ष भित्र कम्तीमा एउटा रासायनिक मल कारखानाको स्थापना गरिनेछ ।
–बाह्रैमास सिंचाई हुने कृषियोग्य भूमिको ३६ प्रतिशत अंशलाई बढाएर आगामी पांच वर्षभित्रमा ५० प्रतिशत भूमिमा वर्षैभरी सिँचाइ सुबिधा पुर्याईनेछ ।
–तराईको २० लाख हेक्टर जमिनमा वाह्रैमास सिंचाई व्यवस्था गरिनेछ ।
–आगामी दस वर्षमा नेपाल आउने बाह्य पर्यटकहरूको संख्या वार्षिक २५ लाख पु¥याइनेछ ।
–सबै गाउँमा बाह्रैमास चल्ने सडक पु¥याउनेछ ।
–प्रत्येक ग्राम विकास समितिसम्म कालोपत्रे मोटर–बाटो ,प्रत्येक जिल्ला सदरमुकाम जोड्ने सडक लाइ कालोपत्रे गरिनेछ ।
–आगामी पाँच बर्ष भित्रमा दोस्रो अन्तराष्ट्रिय बिमानस्थल र बिराटनगर, पोखरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा दक्षिण एशियाली मुलुक भित्र उडान भर्न सक्ने क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न गरिनेछ ।
–आगामी पाँच बर्षभित्रमा काठमाडौं उपत्यकाको लागि बैकल्पिक आन्तरिक बिमानस्थल निर्माण सम्पन्न गरिनेछ ।
–आगामी पाँच बर्ष भित्रमा नेपालभरीका सबै विमानस्थलहरुको धावनमार्ग कालोपत्रे गरिनेछ ।
–रेलमार्ग निर्माणको काम प्राथमिकताका साथ शुरू गरी आगामी पाँच बर्षभित्रमा पूर्व–पश्चिम रेलमार्गको कम्तीमा एक चौथाई निर्माण सम्पन्न गरिनेछ ।
–नेपालका ठूला नदीहरु हुँदै भारतका गंगा नदी लगायतका नदीहरु हुँदै समुद्रसम्म जलमार्गको सम्भावना र विकासलाई अघि वढाईनेछ ।
–सबै प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू १५ शैया र सदरमुकाम स्थित १५ शैयाका अस्पतालहरू २५ देखि ५० शैयामा परिणत गरिनेछ ।
–आगामी पाँच वर्षभित्रमा सबै मानव वस्तीहरूमा सुरक्षित खानेपानी पु¥याइनेछ ।
–स्नातक उर्तिण गरेका विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक ऋण उपलब्ध गराइनेछ ।
–मुलुकभरका माध्यमिक स्तरका विद्यालयहरूमा कम्प्युटर शिक्षा प्रदान गरिनेछ ।
–संकटमा परेका र अत्यन्त विपन्न परिवारहरूलाई लक्षित रूपमा निःशुल्क वा सहुलियत दरमा खाद्यान्न उपलब्ध गराइनेछ ।
– ८० बर्ष र सो भन्दा माथि उमेर पुगेका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक केन्द्रमा आवास, खाना, स्वास्थ्य उपचार लगायतका सबै सेवा निशुल्क उपलब्ध गराइनेछ । आदि ।
सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले गरेका प्रतिबद्धता के कति पुरा गरे दशैमा नेता गाउँ आउँदा सोध्नुहोला ।

त्यस्तै दोस्रो ठूलो दल नेकपा (एमाले) ले चुनावताका देशको आर्थिक विकासमा ५ वर्षभित्र लक्ष्य पुरा गर्ने भन्दै गरेको प्रतिबद्धताः

नेकपा(एमाले)

–प्रतिव्यक्ति आय, सामाजिक तथा भौतिक विकास र मानव विकासका परिसूचकहरूमा उल्लेख्य उपलब्धि हाँसिल गरी नेपाललाई अति कम विकसित राष्ट्रको हैसियतबाट विकासशील राष्ट्रको श्रेणीमा स्तरोन्नती गरिनेछ ।
–प्रतिबर्ष श्रम बजारमा आउने ४ लाख श्रमशक्तिको उचित व्यवस्थापन गर्न प्रतिबर्ष ३ लाखलाई रोजगारी सिर्जना गरिनेछ ।
–रोजगारीको ग्यारेन्टी गरिने छ र बेरोजगार युवालाई भत्ता दिइनेछ ।
–५ वर्षमा लोडसेडिङको अन्त्य गरिनेछ ।
–निरक्षरता पूर्णरूपमा अन्त्य गरिनेछ । अनुत्पादक शिक्षा प्रणालीलाई अन्त्य गरी शिक्षामा सबैको पहुँच स्थापित गरिनेछ ।
– खाद्यान्नमा पूर्ण आत्मनिर्भर हुँदै खाद्य अधिकारको ग्यारेन्टी गरिनेछ । खाद्यान्नको
अभावमा कोही पनि व्यक्तिको जीवन जोखिममा पर्ने छैन ।
–लोकप्रिय कार्यक्रम– आफ्नो गाउँ–आफै बनाउँलाई निरन्तरता दिँदै प्रत्येक गाविसमा ५० लाख अनुदानको व्यवस्था गरिनेछ । “नौ–स” अभियानलाई पुनः सञ्चालन गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ विन्यास गरिनेछ ।
– ५ लाख घरबार विहीन परिवारलाई आवासको ग्यारेन्टी गरिनेछ । १० बर्षभित्र कोही पनि नागरिक आवासविहीन रहने छैनन् ।
–सम्पूर्ण नागरिकमा स्वच्छ पिउँने पानीको पहुँच स्थापित गरिनेछ । सिङ्गो मुलुकलाई खुल्ला दिसा मुक्त गरिनेछ ।
– आधुनिक ऊर्जामा सबै जनताको पहुँच पु¥याइने छ । लोडसेडिङ पूर्णरूपमा अन्त्य हुनेछ । सबै जिल्ला सदरमुकामसम्म राष्ट्रिय विद्युत प्रशारण लाइन बिस्तार हुने छ ।
–जनसङ्ख्याको झण्डै आधा सङ्ख्यामा रहेका युवाका लागि ‘उपयोगी शिक्षा – फलदायी रोजगारी’ को विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
–समृद्ध नेपाल निर्माणको अगुवाका रूपमा युवा नेतृत्वको विकास गरिनेछ । आदि ।

दशैमा घरमा आईपुगेका एमाले नेताहरुलाई सोध्नुहोला आर्थिक विकासमा कति काम गर्नुभयो भनेर ?

तेस्रो ठूलो दल माओवादी केन्द्र अर्थात् तत्कालिन एमाओवादीले चुनावपूर्व गरेको आर्थिक प्रतिबद्धताः

माओवादी केन्द्र

– वार्षिक प्रतिव्यक्ति आय अहिलेको ७२१ डलरबाट वढेर ५ वर्षको अन्त्यमा १४००, दश वर्षको अन्त्यमा ३३००, वीस वर्षको अन्त्यमा १०,७०० र चालिस वर्षको अन्त्यमा ४०,००० डलर पुग्नेछ ।
– २० वर्षमा नेपाललाई विश्वको उच्च मध्यम तहको धनी र ४० वर्षमा उच्च तहको धनी देशमा रुपान्तरण गरिनेछ ।
– १५ वर्षमा बेरोजगारीको अन्त्य गरी र देश भित्रै पूर्ण रोजगारीको व्यवस्था गरिनेछ ।
– १५ वर्षमा निरपेक्ष गरीवीको पूर्ण उन्मूलन गरिनेछ ।
– १५ वर्षमा हालको भयावह बैदेशिक व्यापार घाटालाई अन्त्य गरी आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गरिनेछ, इत्यादि ।
– ३ वर्षमा लोडसेडिङको अन्त्य गरिनेछ ।
– आगामी १० वर्षमा १० हजार मेगावाट,२० र ४० वर्षमा क्रमशः २५ हजार र ४५ हजार मेगावाट जलविद्युत उत्पादन गरिनेछ ।
– ग्रामीण विद्युतीकरणमा विशेष जोड दिदै आगामी १० वर्षमा सबै गाउँ वस्तीहरुमा बिजुली पु¥याइनेछ ।
– आगामी १० बर्षमा प्रतिबर्ष २० लाख पर्यटक भित्र्याउनेछ ।
– वर्षमा कम्तिमा ५० हजार युवाहरुलाई स्वरोजगारीको व्यवस्था गरिनेछ ।
– गरीवीको रेखा मुनि रहेको प्रत्येक परिवारको एक सदस्यलाई १८० दिनको रोजगारीको व्यवस्था गरिनेछ । आदि ।

दशैंमा शुभकामना मात्र होईन दलका प्रतिबद्धता कति पुरा भयो भनेर नेताहरुलाई सोध्नुहोला

जनतामाझ गरेका प्रतिबद्धता अनुसार दलहरुले साझा प्रयासमा देशको आर्थिक विकास गर्नुपर्ने हो । दशै मानाउन गाउँ छिरेका नेतालाई शुभकामना दिने काम मात्र नगर्नुहोला । उनीहरुले गरेको प्रतिबद्धतापत्रको प्रतिलिपि देखाउँदै कुन काम कसरी भए या हुँदैछन् भनेर सोध्नुहोला ।

२७ असोज २०७३

(रिपोर्ट)

वि.सं.२०७३ असोज २७ बिहीवार ०९:३० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...