back
NMB ad

मेस्सी,रोनाल्डो र बुफोन अन्तिम तीनमा

Kumari bank ad

युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् । मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर मेस्सी तथा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो अन्तिम तीनमा परेका हुन् ।

मनोनयनमा परेका १० खेलाडीबाट ८० जना प्रशिक्षक तथा ५५ जना खेल पत्रकारको मतका आधारमा बुफोन, मेस्सी र रोनाल्डो अन्तिम तीनमा परेका हुन् ।

मेस्सी र रोनाल्डो दुवैले यसअघि दुई पटक यो अवार्ड जितेका छन् भने रोनाल्डो गएको वर्षका विजेता हुन् । तीन खेलाडी मध्येबाट एकजनालाई आउँदो अगस्ट २४ मा मोनाकोमा हुने विशेष कार्यक्रममा अवार्ड प्रदान गरिने छन् । त्यहि बेला च्याम्पियन्स लिग समूह चरणको ड्र पनि सार्वजनिक हुनेछ ।
यो अवार्डका लागि मनोनयनमा पर्ने १० खेलाडीमा लुका मोड्रिक, टोनी क्रस, पाउलो डायबाला, सर्जियो रामोस, केलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की र जाल्टन इब्राहिमोविच रहेका थिए ।

प्रकाशित मितिः २०७४ साउन ३२

वि.सं.२०७४ साउन ३२ बुधवार १४:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...