back
NMB ad

पर्यटकीय आकर्षणको केन्द्र मनाङको तिलिचो ताल

Kumari bank ad

मनाङ। मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ ।

तिलिचोबाट फार्स पिकहुँदै मुस्ताङ जाने रुट भए पनि हाल चालु भने छैन । यस रुटलाई सञ्चालन गरेमा अझ सहज हुन्छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ । यस तालमा पुग्न खासारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रा पछि तिलिचो बेस क्याम्पमा पुग्न सकिन्छ ।

यहाँ रहेको होटलमा खान बस्नको सुविधा राम्रो भएकाले पर्यटक यहाँ खाने बस्ने गर्दछन् । बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालो पछि तिलिचो ताल पुग्न सकिन्छ । श्रीखर्कबाट बेसक्यामसम्मको घोडेटो बाटोमा आवतजावत गर्न कठिनाइ भएपछि पर्यटन व्यवसायी तथा स्थानीयले मर्मत गरी केही सहज बनाएका छन् । बेशीहरदेखि खासरसम्म जिपमा जान सकिन्छ । खासर बाटो घडेटो बाटो भएकाले घोडा वा पैदलयात्रा गर्नुपर्ने हुन्छ ।

तिलिचो ताल धार्मिक रुपले पनि निकै महत्व मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि आउने गर्दछन् ।रासस

फाईल फोटो गुगलबाट

प्रकाशित मितिः२०७४ भदौ १९

वि.सं.२०७४ भदौ १९ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...