back
NMB ad

तिलिचोमा आन्तरिक पर्यटकको घुइँचो

Kumari bank ad

मनाङ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

करिब चार हजार ४०० मिटर उचाइमा रहेको तिलिचो आधारशिविर आन्तरिक पर्यटकले खचाखच भरिएको छ । उक्त ठाउँमा तीनवटा होटल मात्रै रहेकाले सबै भरिभराउ भएपछि पाल टाँगेर पर्यटक बस्न बाध्य छन् । सोह्र हजार २३७ फिटमा रहेको तिलिचो ताल वँेसीशहरबाट गाडीमा माथिल्लो मनाङ खागंसार पुगेपछि त्यहाँबाट दुई दिनको पैदलयात्रा गरी ताल भएको ठाउँमा पुग्न सकिन्छ ।

खागंसार, श्रीखर्क र तिलिचो आधारशिविर यहाँ आउने पर्यटकका लागि मुख्य बासस्थानको रुपमा रहेको छ । तिलिचो आउने पर्यटक थ्रोङपास गरेर मुक्तिनाथ दर्शन गर्न जाने गरेका छन् । यसरी आउने पर्यटकको चापले गर्दा होटल व्यवसायीले ठाउँको अभावमा भान्सामा समेत पर्यटकलाई बास बसाउँदै आएको खांसार होटलका सञ्चालक सोनाम गुरुङले बताए । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १५

वि.सं.२०७४ कात्तिक १५ बुधवार १४:२४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...