काठमाण्डौं । तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले वैशाख ६ गतेदेखि सेयरधीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।
तिनाउले ३५ प्रतिशत अर्थात १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैकले यही सोमबार धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब बैशाख ५ गतेसम्म सेयर किनिसक्ने सेयरधनीले तिनाउ डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ । तिनाउले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँ बराबरको ११ लाख ९४ हजार सात सय ९६ दशमलव ०९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
३१ चैत २०७३, ७।००
वि.सं.२०७३ चैत ३१ बिहीवार ०७:३४ मा प्रकाशित