back
NMB ad

सेयर बजार : के तपाई सानो या नयाँ लगानीकर्ता हो ? एकपटक यो पढ्नुहोस्

Kumari bank ad

सेयर बजारमा लगानी गर्ने सोच राख्नुभएकोछ या त तपाईले लगानी गरिसक्नुभयो ? के तपाई नयाँ लगानीकर्ता हो ? या तपाई सानो लगानीकर्ता हो । यदि तपाई सेयर बजारमा हुने दैनिक घटबढले विचलित हुनु भएकोछ भने नआत्तिनुहोस् हामी तपाईको सहजताका लागि नै यो लेख तयार पार्दैछौं ।

यदि तपाई नयाँ एवं साना लगानीकर्ता हो भने तपाईले यासे गर्नुहोस्, अहिले कम्पनीहरुको गत बर्षको बित्तीय बिबरण धमाधम आईरहेको छ । त्यस्ता बित्तीय बिबरणहरु अध्ययन गर्नुहोस् र आफुले लगानी गरेको कम्पनीको बारेमा जानकारी हासिल गर्नुहोस् । अघिल्ला बर्षहरुको बित्तीय बिबरणसँग तुलना गर्नुहोस् । यदि अघिल्लो बर्ष भन्दा खुद नाफा बढाएको छैन, निस्क्रिय कर्जा बढेको छ, प्रति सेयर आम्दानी घटेको छ, जगेडा कोष घटेको छ, नाफा बाड्नसक्ने हैसियत छैन भने त्यो सेयर बेचिदिनुहोस् ।

पहिले सस्तोमा सेयर किनेर बसेकाहरुले भाऊ बढेको बेलामा बेच्छन् भन्ने कुरा सधै हेक्का राखौं । बजारमा सेयरको माग र आपुर्तिले मूल्य घटबढ गराउँछ । तीब्र रुपमा मूल्य तलमाथि भएको बेला हतारिएर किनबेच गर्दा घाटा खानुपर्ने अबस्था पनि आउँनसक्छ । सधै होसियार बनौ ।

आफुले किनको सेयर मूल्य राम्रै बढेको छ तर ऋण लिएर र कसैसँग सापटी मागेर सेयर बजारमा लगानी गर्नुभएको छ भने मूल्य बढेको सेयर बेचेर ऋण तिर्नुहोस् । यसरी ऋण तिर्न पुग्ने सेयर बेचेपछि तपाइँसँग जत्ति सेयर बाँकी हुन्छ, त्यो तपाइँको खुद नाफा भयो । अब तपाईलाई जोखिम सुन्य बराबर हुनेछ । सुन्य जोखिममा रहेका सेयर नबेची पालेरै राख्दा पनि दीर्घकालमा अरु धेरै फाईदा हुन्छ ।

सेयर बेच्ने सवालमा आफुसँग भएको सेयरहरुलाई ४ भागमा बाड्नुहोस् । पहिलो भागमा खराब कम्पनीका सेयरहरु राख्नुहोस् । दोस्रो भागमा कमशल कम्पनीहरु राख्नुहोस् । तेस्रो भागमा हकप्रद मात्रै दिने वा आफुले हालेको मूल्यको तुलनामा कम लाभांश दिने कम्पनीहरुलाई राख्नुहोस् । चौथो भागमा राम्रा कम्पनीका सस्तोमा किनिएका सेयरहरु, खासगरी आईपीओमा परेका सेयरहरु यस बर्गमा राख्नुहोस् ।पहिलो भागको सेयर नाफा भएको दिन बेचिहाल्नुस् । दोस्रो भागका सेयरहरु मूल्य बढे पनि बिचार गरेर बेच्नुहोस् । तेस्रो भागका कम्पनीका सेयरहरुको प्रगति समीक्षा गर्नुहोस् र धेरै मुल्य आएमा मात्र बेच्नुहोस् । चौथो भागमा राखिएका सेयरहरु जीवनभर राखे पनि फरक पर्दैन ।

सेयर किन्दा हकप्रद भन्दा बोनस दिने कम्पनीहरु छान्नुहोस् । अहिले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउँन राम्राले भन्दा नराम्रा कम्पनीले हकप्रद सेयर जारी गर्ने क्रम तीब पारेका छन् । हकप्रद जारी गर्ने भनेको कम्पनीले तपाइँबाट पैसा लिने हो तर बोनस सेयर कम्पनीले तपाइँलाई दिने हो । कतिपय कम्पनीले दुई सय प्रतिशतसम्म हकप्रद जारी गर्ने निर्णय गरेकोमा त्यसका संस्थापकहरुले हकप्रद हाल्ने पैसा जुटाउन नसकेर सेयर बेच्दै हिडेको पनि पाईएको छ । तपाइँसँग १० वटा कम्पनीको सेयर छ र ती सबैको हकप्रद भर्नुपर्यो भने तपाइँको पनि हालत खराब हुने दिन आउँनसक्छ ।

राम्रा कम्पनीले धेरै बोनस सेयर दिएर र थोरै हकप्रद जारी गरेर वा अरु संस्थालाई किनेर पूँजी बढाउँछन् तर नराम्राले हकप्रदकै सहारा लिने हो । कुनै कम्पनीले  धेरै अर्थात हालको पूँजीको दोब्बर हकप्रद सेयर जारी गर्ने निर्णय सार्वजनिक गर्यो भन्दैमा उचालिएर सेयर नकिन्नुहोस् किनभने ती कम्पनीले तपाइँबाट पैसा उठाउँन लागेका हुन् ।

आजको भोलि दोब्बर फाईदा हुन्छ भनेर हैन, कम्तिमा तीन बर्षका लागि लगानी गर्दैछु भनेर सोच्नुहोस् । तपाई सेयर कारोबारी हैन, लगानीकर्ता हो । तपाइँले गर्ने दीर्घकालीन लगानी नै हो र यसरी लगानी गरिएमा आफुले किनेको सेयरको मूल्य तत्काल घटे पनि दीर्घकालमा त्यसले दिने लााभांशबाट फाईदा नै हुन्छ भनेर सोच्नुहोस् ।

हल्लाका भरमा लगानी गर्दै नगर्नुहोस् । सेयर बजारमा अनेक हल्ला चल्छन् । त्यस्ता हल्लाको पछाडि सत्यता कत्ति छ भनेर जाच्नुहोस् । सही ठहरिएमा मात्र पत्याउनुहोस्, त्यसको प्रभाव आँकलन गर्नुहोस् र अनि के गर्ने भनेर विवेकपूर्ण निर्णय गर्नुहोस् ।

सेयर बजारमा कुनको मूल्य धेरै बढेको छ भनेर लगानी गर्ने हैन, कुनको मूल्य बढ्न सकेको छैन, अवमूल्यनको अबस्थामा छ र बढ्नुपर्ने आधार पनि छ भनेर खोजी गरी लगानी गर्नुपर्छ ।

अरु लगानीकर्ता, सेयर दलाल, अनलाईन वा अरु कुनै संचार माध्यमको सल्लाहमा मात्र तपाइँले लगानी गर्नुभएको छ भने त्यसलाई आजै रोकेर आफ्नो निर्णयमा लगानी गर्ने गर्नुहोस् । सल्लाह सबैको लिनुस, निर्णय आफुले गर्नुस् ।  तपाइँले गर्ने लगानीमा तपाइँको निर्णय नै मुख्य हो, यदि अरुको बहकाउ र लहैलहैमा कमजोर अबस्थाका कम्पनीहरुको सेयरमा लगानी गर्नुभयो र डुब्नुभयो भने कोही पनि उद्धार गर्न आउने छैनन् ।

बजार घटेको बेला सेयर किन्नुहोस् र बढेको बजारमा बेच्नुहोस् । बजार बढ्दै जाँदा क्रमश बढेको मुल्यमा बेचेर नाफा सुरक्षित गर्नबाट नचुक्नुहोस् । नेपालका धेरै साना र नयाँ लगानीकर्तामा बजार घटेको बेलामा सेयर बेच्न हतारिने र बढेको बेलामा मूल्य माथि गएर शेयर किन्ने प्रबृत्ति छ, त्यसबाट तपाइँ चाँही मुक्त हुनुहोस् ।

बढेको बजारमा सेयर बेचेपछि तत्कालै अर्को सेयर नकिनी हाल्नुस र केही दिन पर्खनुहोस् । बजार घट्ने मौका कुरेर बस्नुहोस् । जब बजार एउटा बिन्दुसम्म घट्छ, तब थोरै थोरै सेयर किन्दै जानुहोस्, जति तल बजार जान्छ, त्यत्ति धेरै किन्दै जानुहोस् । फेरि बजार माथि जान थाल्छ, बेच्ने क्रम सुरु गर्नुहोस् ।

त्यस्तै, सेयर बजारमा बुझेर लगानी गर्नु चाँही राम्रो कुरा हो तर आफुले गर्दै आएको ब्यापार ब्यवसाय, नोकरी सबै छाडेर लाग्ने मुर्खता चाँही नगर्नुहोस् । यसरी सबै ध्यान शेयर बजारमै लगाउनुभयो भने तपाइँको ब्यापार ब्यवसायको कारोबार चौपट्ट हुन्छ र नोकरी पनि समस्यामा पर्नसक्छ । भोलि सेयर बजारमा समस्या आउने बित्तिकै जीवन गुजाराको विकल्प खोज्नु पर्दा अनेक तनाब झेल्नुपर्छ । दीर्घकालीन हिसाबले गरिएको सुरक्षित सेयर लगानीमा दिनदिनै घटबढ् हुने बजार हेरेर चिन्ता गर्नुपर्ने र हौसिनु पर्ने आबश्यकता छैन । तर कम्पनीले जारी गर्ने सूचना र प्रगति बिबरण चाँही थाहा पाईराख्नुपर्छ ।

१२ असोज २०७३, १२।००

वि.सं.२०७३ असोज १२ बुधवार ११:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...