back
NMB ad

जंगली हात्ती भगाउन गाउँपालिकाद्वारा टर्चलाइट वितरण

Kumari bank ad

कञ्चनपुर । जंगली हात्तीको झुण्डले पु¥याउने नोक्सानी न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ । हात्तीको झुण्ड भगाउनका लागि गाउँपालिकाले रु ६१ हजार रकम खर्चेर ६० थान टर्चलाइट वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकका अनुसार हात्तीले क्षति पु¥याउने क्षेत्रको पहिचान गरी वडा नं १ देखि ६ नम्बर वडाका बासिन्दालाई टर्चलाइट वितरण गरिएको छ ।

यसैगरी, ट्रयाक्टरमा डिजेल हाली ठूलो आवाज निकाल्नका लागि रु १४ हजार मूल्य बराबरको डिजेलसमेत गाउँपालिकाबाट उपलब्ध गराइएको उनले बताए ।

भारतीय दुधुवा नेशनल पार्कबाट बस्ती छिर्ने जंगली हात्तीको झुण्डले वर्षेनी यहाँ उखुबाली, धान र गहुँ बालीमा नोक्सानी पु¥याउनुका साथै स्थानीय बासिन्दाको घर भत्काई भण्डारण गरेको अन्न समेत खाँदै आएको छ ।

प्रत्येक वर्ष हात्तीको झुण्डले मानवीय क्षति समेत निम्त्याउँदै आएको छ । रासस
प्रकाशित मितिः २०७४ कार्तिक १५

वि.सं.२०७४ कात्तिक १५ बुधवार १०:४२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...