back
NMB ad

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय ‘राष्ट्रिय पर्यटन परिषद’ गठन

Kumari bank ad

काठमाडौं । सरकारले मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी भुमिका बढाउन प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय ‘राष्ट्रिय पर्यटन परिषद’ गठन एवं विस्तार गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्ष र पर्यटन मन्त्री उपध्यक्षसहित २० वटा मन्त्रालयका मन्त्रीहरु सदस्य रहने परिषदमा पर्यटन क्षेत्रका व्यवसायी एवं संघ संगठनका प्रतिनिधी र लव्ध प्रतिष्ठत व्यक्तिहरु समेटेर आठ सदस्य मनोनित गरिएको हो ।

परिषदमा लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट अम्बिकादेवी श्रेष्ठ, लाक्पा सोनाम शेर्पा र भवानी राणालाई मनोनित गरिएको छ । त्यस्तै पर्यटन क्षेत्रका व्यवसायी एवं संघ संगठनहरुबाट चन्द्रप्रसाद रिजाल (अध्यक्ष–टान), मधुसुदन आचार्य (अध्यक्ष–नाटा), बीके श्रेष्ठ (अध्यक्ष–हान), सुमन पाण्डे (अध्यक्ष– पाटा) र बासु त्रिपाठी (पोखरा) परिषद्को सदस्य भएका छन् ।

परिषदमा विभिन्न मन्त्रालयका मन्त्रीहरु पदेन सदस्य रहने प्रवधान छ । अर्थ, गृह, उद्योग, स्थानीय विकास, रक्षा, संस्कृति तथा पुनःसंरचना, वातावरण तथा विज्ञान प्रविधि, परराष्ट्र, वन तथा भू–संरक्षण, भौतिक योजना तथा निर्माण, जलस्रोत, श्रम तथा यातायात व्यवस्था, थुवा तथा खेलकुद, सूचना तथा सञ्चार, कृषि तथा सहकारी, स्वास्थ्य तथा जनसंख्या, शान्ति तथा पुनर्निर्माण, वािणज्य तथा आपुर्ति मन्त्री परिषदको पदेन सदस्य रहने व्यवस्था छ ।

त्यस्तै व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिसम्बन्ध तथा मानव अधिकार समितिका सभापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका मुख्य सचिव, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष परिषदमा पदेन सदस्य रहेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

पर्यटन नियमावली २०६५ अनुसार गठन भएको उक्त परिषदको पहिलो बैठक आज बस्दै छ ।

एमाले पर्यटन विभागका प्रमुख सूर्य थापाले विनाशकारी भूकम्प र अमानवीय नाकाबन्दीको मारमा थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गरेर नयाँ जीवन एवम् गतिशीलता प्रदान गर्न प्रधानमन्त्रीको पछिल्लो कदम स्वागत योग्य भनेका छन् । थापाले फेसबुक स्टाटस मार्फत प्रधानमन्त्रीले चाल्नुभएको यो कदम र परिषद्को बैठकले लिने निर्णयहरु महत्वपूर्ण सावित हुने अपेक्षाका गरिएको उल्लेख गरेका छन् । थापाले पार्टीको पर्यटन प्रवद्र्धन विभागका तर्फबाट नवनियुक्त सदस्यहरुलाई फेसबुक मार्फत बधाई समेत दिएका छन् ।

प्रकाशित मिति : ०२ फागुन २०७२ /११ः५५

वि.सं.२०७२ फागुन २ आइतवार ११:५९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...