back
NMB ad

पर्यटक बिरामीको बाहानामा कमिसनको चक्कर रोकौं ः पर्यटनमन्त्री

Kumari bank ad

काठमाडौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटक बिरामी भए भनेर व्यवसायीले हेलिकप्टर उडाएर कमिसन खाने गरेको भन्दै त्यसको अन्त्य गर्दै इमान्दार हुन व्यवसायीलाई आग्रह गरेका छन् । पर्यटक बिरामी नहुँदा पनि पर्यटकलाई मनाएर बिरामी भएको बाहानामा हेलिकप्टर उडाएर कमिसनको चक्कर कहिलेसम्म भन्दै मन्त्रीले व्यवसायीलाई प्रश्न गरेका छन् ।

पर्यटन क्षेत्रका मजदुर संगठनहरुको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रायोजनमा आयोजित उच्च हिमाली जोखिम र नेतृत्व सम्बन्धि अभिमुखिकरण तालिम समापन गर्दै मन्त्री पोखरेलले सरकारलाई मात्र दोष दिएर पर्यटन व्यवसायीहरु उम्कन नमिल्ने बताए । व्यवसायीलाई इमान्दार भएर राज्यलाई सहयोग गर्न उनको आग्रह थियो । पर्यटन क्षेत्रमा काम गर्ने श्रमिक राजदूत सरह भएको र पर्यटन पूर्वाधारको विकासमा श्रमिकको उल्लेखनीय भूमिका रहेको उनको भनाई थियो । त्यसैले श्रमिकको सामाजिक सुरक्षा, बीमा, तालिमको व्यवस्था लगायतमा ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।

यूनिट्राभका अध्यक्ष श्याम कुमार राईको सभापतित्वमा भएको कार्यक्रममा जिफन्ट उपमहासचिब जनक चौधरी, टे«ड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्र कुँवर, अखिल नेपाल टे«ड युनियन महासंघका उपाध्यक्ष जयबहादुर कार्की, अखिल नेपाल टे«ड युनियन क्रान्तीकारीका संयोजक ईश्वर तिमल्सिनाले यस क्षेत्रमा धेरै जोखिम रहेकोले काम गर्ने श्रमिकको सामाजिक सुरक्षा, उचित ज्याला, बिमा लगायत विषयमा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा पर्यटन व्यवसायी र पर्यटन क्षेत्रका विभिन्न संगठनको नेतृत्व दिएका व्यवसायीहरु दिपक महत, चन्द्र रिजाल, कमल सापकोटा, नवराज दाहाल, लगायत पर्यटन क्षेत्रको विकासमा मुख्य भाग मजदुर रहेको भन्दै मजदुरको सुरक्षामा व्यवसायी गम्भिर रहेको बताए ।

असार २५ देखि सुरु चार दिने कार्यक्रमको समापनमा पर्यटन श्रमिक नेताहरु सुमन पराजुली, कपील पाण्डे, रामचन्द्र ढुंगाना, थममान सिंह तामाङले पर्यटन क्षेत्रका श्रमिकका समस्याबारे आ–आफनो धारणा राखेका थिए ।

वि.सं.२०७३ असार २९ बुधवार ०७:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...