back
NMB ad

जव पर्यटन राज्यमन्त्रीले कड्किँदै भने, किन चाहियो पर्यटन मन्त्रालय ?

Kumari bank ad

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले पर्यटन मन्त्रालयको बजेट जिल्ला विकास समितिको मातहतबाट खर्च गर्ने भए मन्त्रालय र विकास समिति गठन गर्न आवश्यक नभएको बताए ।

राष्ट्रिय पर्यटन व्यवसायी संगठन केन्द्रिय सचिवालयको आयोजनामा पर्यटन तथा संस्कृति सम्बद्ध विकास समितिका पदाधिकारीहरुसंग गरिएको अन्तक्र्रियामा मन्त्री महतले कड्किँदै भने ‘तपाईहरुको मर्का मैले बुझेको छु ।’ समितिका पदाधिकारीहरुले आफुलाई जिम्मेवारी मात्र दिइयो, अधिकार भएन भन्दे गरेको गुनासोलाई सम्बोधन गर्दै राज्यमन्त्री महतले सो कुरा बताएका हुन् । अधिकांश पदाधिकारीको गुनासो कर्मचारी आफु मातहत चलेनन्, खाता सञ्चालन गर्नेसम्मको अधिकार अध्यक्षलाई भएन, बजेट कम भयो, पर्यटन मन्त्रालयको बजेट जिल्ला विकास समिति मार्फत खर्च गर्ने काम भयो भन्ने गुनासो पोखेका थिए ।

मन्त्री महतले भने हिजोपार्टीका लागि मरे साथिहरु । आफ्नो खेतका गरा बिक्रि गरे, श्रीमतिको गलाका सुन विक्रि गरेर पार्टी काममा होलटाइम्मर भएर खटिए, स्वयम्सेवक भए । आज सरकारी जिम्मेवारी पाइसकेपछि पनि भोलेन्टियर हुन सक्छन् साथिहरु ? उनले भने यो कुनै हालतमा हुन सक्दैनन् । हामीले केही गर्न सक्दैनौं भने समिति नै डिजल्व गरिदिउँ न । यदी समितिमा कार्यकर्तालाई जिम्मेवारी दिने हो भने अधिकार सम्पन्न बनाउनु पर्छ । हवाई पनि यातायात नै हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन नाम किन राखेर विभिन्न समितिहरु, कार्यालयहरु किन खोल्नु ? यदि खोल्ने हो भने तिनिहरुलाई अधिकार सम्पन्न बनाएर सञ्चालन गर्नु प¥यो ।

सारा मन्त्रालयका जिल्ला–जिल्लामा अफिस हुने, त्यहाँ उनीहरुका मन्त्री जाँदा भव्य स्वागत हुने, हामी मन्त्री जाँदा हाम्रो केही पनि छैन । सिडिओलाई गुहार्दै हैरान हुनु पर्ने । यो त भएन नि मन्त्री महत भन्छन् त्यस कारण म तत्काल हाम्रो मन्त्री ज्युलाई यही प्रस्ताव राख्छु । उहाँलाई चित्त बुझ्ला या नबुझ्ला म यही कुरा राख्छु । हामी जिल्ला जाँदा अरुलाई गुहार्नु नपरोस मन्त्री ज्यु, हाम्रै कार्यालय स्थापना गरेर भएका समितिहरुलाई सक्रिय बनाएर जाउँ । हामी मन्त्री जाँदा स्वागत सम्मान नपाउने, मन्त्री नै खुम्चिएर जान्छ भने तलका समिति के भएर जान्छन् ! यसलाई सशक्त मन्त्रालय बनाउनका निमित्त तल्ला निकायमका हाम्रा समिति र कार्यालयहरुलाई दरो बनाउनु पर्छ भन्ने मेरो मान्यता हो उनले भने ।

यो मान्यतालाई मैले एकदम दरो रुपमा उठाउँछु । म टेवल ठोकेरै भन्छु, कार्यकर्तालाई मार्ने ? विकास समितिका पदाधिकारीले एउटा कस्मेराको कोट लगाउन नपुगे पनि एउटा खद्दरको कोट लगाउन सक्ने हैसियतमा हुनु पर्छ । यसका लागि म दरो रुपमा लाग्छु । यदि भएन भने एउटा जुम्लीले प्रयास गरेकै हो, सेकेण्ड मन्त्री भयो, फष्ट मन्त्री भएको भए टेवुल ठट्टाएर गर्ने थिएँ । प्रयास गरेकै हो भनेर सम्झिदिनुहोला भोलिका दिनमा पनि गाली नगर्नुहोला भन्दै विकास समितिका पदाधिकरीलाई आश्वस्त पारे ।

महतले समिति समितिको नाममा मात्र नराखी प्रभावकारी गतिविधी गर्न पनि विकास समितिका पदाधिकारीलाई निर्देशन गरे । उनले भने गतिविधी तिब्र हुनु प¥यो । हामी जनताकाबीचमा स्थापित हुने हो त्यसको लागि तपाईलाई जिम्म्ेवारी दिएका हौं । निष्कृय भयौं भने पार्टी र तपाईलाई नै घाटा हुन्छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका एमाले केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले एमालेबाट नियुक्त भएकालाई प्रतिस्पर्धात्मक रुपमा काम गर्न प्रेरित गर्ने, नराम्रो गरिरहेकालाई यसो नगर्नुस भन्न अन्तक्र्रिको आयोजना गरेको बताउँदै अरुको भारी बोकेर नहिँड्न अनुरोध गरे । थापाले भने तपाईं बेरुजुको भारी बोक्न त्यहाँ जानु भएको हैन, बेथितिको भारी त्याहाँ नबोक्नु होला । आफ्नो काममा कानुनको ख्याल गरेर उत्कृष्ट काम गर्नु होला ।

समितिको विशिष्ठताका आधारमा ख्याल गरेर काम गर्न अनुरोध गर्दै थापाले भने आफ्नो ठाउँमा के आवश्यकता छ, के समस्या छ भन्ने कुरा ख्याल गरे मात्र प्रभावकारी काम हुन्छ । पर्यटनको बजेट जिल्ला विकास समितिमा भागबण्डा गर्न बजेट पठाउने काम मन्त्रालयबाटै रोक्नु पर्ने बताउँदै थापाले भने यस विषयमा मन्त्रीसंग आफुले कुरा गरिसकेको बताए । पर्यटन प्रवद्र्धको पुर्वाधार बनाउँदा देखिनेगरी काम गर्न निर्देशन गर्दै थापाले स्रोत परिचालनका निम्ति सरकारतिर मात्र नफर्किकन, संभव हुनेसम्म स्थानीय तहबाटै वा बाह्य निकायबाट ल्याउने योजना बनाउनु आग्रह गरे । तपाईहरुले कहाँ–कहाँ के–के गर्न चाहनुहुन्छ त्यो ल्याउनुस, कहीँ बाधा उत्पन्न भए त्यो फुकाउनका लागि हामीले मद्दत गर्छौ ।

गुम्वा विकास समिति किन स्थानीय विकासको मातहतमा हुन नहुने बताउँदै थापाले भने पर्यटनकै काम गर्ने गुम्वामा करोडौं बजेट खर्च भएका छन् । त्यसको अनुगमन गर्ने र प्रवद्र्धन गर्ने काम पर्यटनले नै गर्नु पर्छ । गुम्वालाई पर्यटन मन्त्रालय अन्तर्गत ल्यनइनु पर्ने उनको धारणा थियो ।

अन्तक्र्रियाको अध्यक्षता गरेका राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले विकास समितिसंग गरिएको अन्तक्र्रियामा धेरै विषय उठेकाले समाधानका निम्ति संगठनको तर्फबाट पहल गरिने बताए । राज्य मन्त्री नै यस कामको जिम्मेवार भएकाले तपाईंहरुको कुरा सुन्नु भएको छ । थप केही भए कार्यालयमा जानकारी गराउनुस । गठनादेशमा परिवर्तन गर्नु पर्ने कुराहरु के छन् सुझावको रुपमा चाँडो ल्याइदिनु भयो भने हामी सहजिकरण गर्छौं रिजालले भने ।

१८ फागुन २०७२ / ३:00

वि.सं.२०७२ फागुन १८ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...