back
NMB ad

बजेट छरेर पर्यटनको विकास असम्भव: थापा

Kumari bank ad

काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापाले राष्ट्रिय बजेट ठुला योजना केन्द्रित भए पनि मन्त्रालय र विभागबाट विनियोज हुने बजेट स–साना योजना निर्माणमा खर्चिएको बताएका छन् । नेकपा एमाले पर्यटन इलाका कमिटीको आयोजनामा शनिबार काठमाडौमा आयोजित दागम्बु स्मृति पुरस्कार प्रदान समारोहमा थापाले पुरातत्व विभागको बजेट त कनिकाको पनि टुक्रा छरेजस्तो भन्दै बजेट छरेर पर्यटन क्षेत्रको विकास नहुने बताए ।

यसपालीको बजेटले निजगढ र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र प्रत्येक प्रदेशमा प्रदेश स्तरीय विमानस्थल, हरेक जिल्लामा एउटा/एउटा विमानस्थल र हरेक गाविसमा एउटा हेलिप्याड निर्माण गरिने कुरा समेटिएको छ, तर मन्त्रालय स्तरका काम हेर्ने हो भने पुर्खाले बनाइदिएको मन्दिरमा इटा फेरेर पर्यटन पुर्वाधार निर्माण गरेजस्तो गरिएको छ यस्तो कामले पर्यटन क्षेत्रको विकास नहुने थापाको धारणा थियो । पुर्वाधार निर्माण गर्दा आगामी दुई सय वर्ष पछिका पुस्ताले सम्झिने गरी पुर्वाधार निर्माणको काम गरिनु पर्ने थापाको भनाइ थियो ।

पर्यटन क्षेत्र राष्ट्रकै जीवन र समृद्धिको मेरुदण्ड बनाएर अगाडी बढ्ने कुरामा जुट्नु पर्ने बताए । थापाले भने “मान्छेले गफ अव कसैले पत्याउनेवाला छैन, नतिजा हेर्नेवाला छन् ।” एमालेका तर्फबाट नौ/नौ जना मन्त्री भए यो बीचमा हामीले देशलाई के दियौं भन्ने हेर्नु पर्छ, थापाले भने ।

यो क्षत्रलाई राम्रो बनाउने कि नराम्रो बनाउने व्यवसायीहरुमै आधारित रहेको बताउँदै थापाले भने “गुणस्तरको मामलामा अन्तराष्ट्रियस्तरमा आफ्नो इज्जत राख्ने कि नराख्ने भन्ने कुरा व्यवसायीका हातमा छ ।”

पार्टीको तर्फबाट नाटामा गएकाले नाटाको, टानमा गएकाले टानको र पर्यटन बोर्डमा गएकाले पर्यटन बोर्डको इज्जत राख्नु भन्दै सबैको मुल्यांकन हुने बताए ।

प्रकाशित मिति: २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार २१:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...