back
NMB ad

भोट हाल्ने दिन बैशाख ३१ गते पर्यटक सवारी चल्ने,पर्यटन बोर्डबाट पास वितरण

Kumari bank ad

काठमाडौ । स्थानीय तहको निर्वाचन हुने दिन बैशाख ३१ गते पर्यटकहरुलाई आवतजावत गर्न सहज बनाउने मुख्य उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले हरियो प्लेटका सवारीलाई पास वितरण गरेको छ । सो दिन सम्पूर्ण सवारीसाधन बन्द हुने हुँदा विदेशबाट आएका पर्यटकलाई अप्ठेरो नहुन् भन्ने उद्देश्ले पास वितरण गरिएको बोर्डको भनाइ छ ।

नेपाल पर्यटन बोर्डले अहिले विदेशबाट आउने पर्यटक र नेपालबाट स्वदेश उड्नुपर्ने पर्यटकलाई विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलसम्म पुर्याउने गरी होटेल तथा ट्राभल कम्पनीका सवारीलाई सिफारिसपत्र वितरण गरेको हो । सोही सिफारिसका आधारमा ती कम्पनीले जिल्ला प्रशासन कार्यालयबाट सवारीसाधन सञ्चालन अनुमति पास प्राप्त गर्ने बताइएको छ ।

३१ गते नेपाल आउने र यहाँबाट स्वदेश फिर्ता हुने कुनै पनि पर्यटकले सास्ती भोग्नु नपर्ने गरी पासको व्यवस्था मिलाएको नेपाल पर्यटन बोर्डका सञ्चार प्रमुख शरद प्रधानले बताए । प्रधानका अनुसार ‘त्यस दिन काठमाडौं उपत्यकाभित्र र आसपासका क्षेत्रमा साइटसिइङका प्याकेजहरू भने सञ्चालन हुने छैनन् ।’

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...