back
NMB ad

बागलुङ–काठमाडौँ सुबिधासम्पन्न पर्यटक बस सञ्चालन

Kumari bank ad

बागलुङ। बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धौवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गरे । ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । उनका अनुसार बागलुङमै पहिलोपटक हरियो नम्बर प्लेटको पर्यटक बस सञ्चालनमा आएको हो । यात्रुले हाल सञ्चालनमा रहेका बसमा भन्दा पर्यटक बसमा अतिरिक्त सेवासुविधा पाउनेछन् ।

“बसभित्रै शौचालयको सुविधा छ, यात्रुलाई चिया, कफी, खाजा बसभित्रै उपलब्ध हुन्छ”, अध्यक्ष खड्काले भने । ‘एसी’ सुविधा भएको बसमा ‘रेफ्रिजेरेटर’ पनि राखिएको छ ।
अन्य बसको तुलनामा पर्यटक बसको सिट चौडा र आरामदायी रहेको समितिका महासचिव उमेश केसीले बताए । समितिले बसको एकतर्फी भाडा रु एक हजार दुई सय कायम गरिएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्ग र असहायलाई भाडादरमा ३३ प्रतिशत छुट गरिएको छ । ३० सिट क्षमताका दुईवटा बसबाट सेवा सञ्चालन गरिएको समितिले जनाएको छ । प्रत्येक दिन बागलुङबाट बिहान ७ बजे र काठमाडौँ सुन्धाराबाट बिहान साढे ६ बजे बस छुट्नेछ । बस सेवाबाट बागलुङलगायत धवलागिरि क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र यात्रुले लाभ लिनेछन् ।

समितिले बुधबारदेखि नै बागलुङदेखि रौतहटको गौर र म्याग्दी बेनीदेखि भद्रपुरसम्मका लागि ‘डिलक्स’ बस सेवा सञ्चालन गरेको छ । समितिले बागलुङ–नयाँदिल्लीदेखि देशभित्र लामो तथा छोटो दूरी गरी चार सय बस बस पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १

वि.सं.२०७३ मंसिर १ बुधवार १५:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...