back
NMB ad

दुर्घटना गरी भागे घरमै ट्राफिक

Kumari bank ad

काठमाण्डौं । असार १८ गते मोहमद रन्जित सवार मोटरसाइकलले घण्टाघरनजिक भक्तपुरका रविन खड्का चढेको मोटरसाइकललाई ठक्कर दियो। मोहमदले रविनलाई लडाएर ट्राफिक प्रहरीको आँखा छल्दै रानीपोखरीतर्फ फरार भए। मोहमदको मोटरसाइकलमा रविनको झोला अल्झेर गयो।

झोलामा २ आइफोन, सुनको औठी र सुनको सिक्री थियो। मोहमद कता वेपत्ता भइ प्रहरीले पत्ता लगाउन सकेन। तुरुन्तै नजिकको सीसीटीभीको कन्ट्रोललाई उक्त मोटरसाइकल पछ्याउन भनियो। ट्राफिकलाई एसीए ब्रिटिस कम्पनीको दुइटा साइरन जडित नयाँ मोटरसाइकल भएको थाहा थियो। चालकले नम्बरसमेत नराखी चलाएको ट्राफिकलाई झन् आपत पर्यो।

घण्टाघर र रत्नपार्कको सीसी क्यामेराको  फुटेजका आधारमा प्रहरी टोलीले यातायात तथा व्यवस्था विभाग पुग्यो। पत्ता लायो बा ७५ प ७१८३ नम्बरको नयाँ मोटरसाइकल र त्यसका धनी मोहमद। त्यसपछि टेलिकममार्फत मोहमदको नम्बर र ठेगाना पत्ता लगाइयो।

‘प्रहरीले फोन गर्यो। उठाएर कुरा गरे, घटना गरेको स्वीकारे, तुरुन्त आउन अनुरोध गरे आएनन्, महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर सुनीलजंग शाहले भने,‘केही दिनपछि कल डाइभर्ट गरे, त्यसपछि घर पत्ता लगाएर डिल्लीबजारस्थित घरमै पुग्यों, अनि उनी आउ।’ त्इसपछि पीडित खड्कालाई झोलामा रहेको सामग्रीको मूल्यबराबरको ३ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको बताए। सीसी क्यामेराको माध्यमबाटल ३ दिनमा सबै घटना पत्ता लागेको उनले बताए।

ट्राफिकले सीसी क्यामेराका माध्यमबाट दुर्घटना गरी भाग्ने चालकलाई खोजी अनुसन्धान गर्न थालेको छ। उपत्यकाका विभिन्न चोकमा जडित सीसी क्यामेराले कैद गरेका फुटेजका आधारमा दुर्घटना गरी भाग्ने सवारी धनी चालकलाई पछ्याएर पक्राउ गर्न थालेको हो। कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ असार २७

वि.सं.२०७३ असार २७ सोमवार १०:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...