back
NMB ad

पदमार्ग र होमस्टेमा सम्भावना खोज्दै धरान, उत्कृष्ट पर्यटकिय गन्तब्य बन्ने तयारी

Kumari bank ad

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो ।

तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बाबु काफ्लेले जानकारी दिनुभयो ।

पदमार्ग अध्ययन टोलीले धरान–४ वसन्तटारस्थित अग्र्यानिक गाउँदेखि दानाबारी गढी थुम्की हुँदै सेर्गेसम्म स्थानीयवासीसँग छलफल गर्दै अध्ययन गरेको छ । दानाबारी, हर्दियादेखि सेर्गे गाउँ हुँदै नाम्जेको बीचमा इको ट्र्याक र क्यानोनिङका लागि उपयुक्त स्थल पनि फेला पारेको पर्यटन प्रवद्र्धन समिति, धरानका सदस्य लेखमणि जिमीले बताउनुभयो ।

दानाबारी पछिल्लो समयमा धरानेका लागि हाइकिङ (पदयात्रा) गन्तव्य बन्दै गएको छ । यहाँको भ्यू प्वाइन्टबाट मौसम खुल्दा धरानका साथै तराईको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ ।

यो पदमार्गमा दानाबारी सम्मको एक दिनको हाइकिङ गर्न सकिन्छ भने दुई दिन एक रात वा तीन दिन दुई रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ । पदमार्गमा पहिचान भएका क्षेत्रमा पर्यटन सम्बन्धि सचेतना कार्यक्रमसहित भौतिक संरचना निर्माण गरिने पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक किशोर थुलुङले बताउनुभयो ।

पर्यटन प्रवद्र्धन समितिले गन्तव्यस्थलको पहिचान र साहसिक खेल प्रवद्र्धन गर्ने कार्ययोजना बनाएर अघि बढ्न सके धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास सँगै पर्यटन व्यवसायलाई आर्थिक स्रोतको मूल आधार बनाउन सकिनेमा कुनै दुई मत देखिँदैन । त्यसैले धरान उपमहानगरपालिकाले थालेको कामलाई प्रचारका लागि प्रचार मात्र नगरी यसलाई अन्तिम रुप दिन जरुरी देखिन्छ । – रासस

२०७४ पुष २८ गते प्रकाशित

वि.सं.२०७४ पुस २८ शुक्रवार ०९:१८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...