back
NMB ad

रेल दुर्घटना २१ को मृत्यु, ४५ घाइते

Kumari bank ad

काठमाडौं। पाकिस्तानको कराँचीमा बिहीबार यात्रुवाहक दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४५ जना घाइते भएका छन् ।

कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवक्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

क्वाडाफी रेल स्टेशनमा फ्यारिड एक्सप्रेस रोकिइरहेका बेला सोही लिकबाट आइरहेको जक्रिया एक्सप्रेस आएर ठक्कर खाएको पाकिस्तान रेलवेका उपप्रवन्धक नसिर अजिजले जानकारी दिए। दुवै रेल पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने पञ्जावबाट आइरहेका थिए ।

रेलवे कार्यालयले घटनाबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १८

वि.सं.२०७३ कात्तिक १८ बिहीवार १७:४८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...