back
NMB ad

धादिङ केवलपुरमा भूकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी तालिम

Kumari bank ad

धादिङ । भूकम्पप्रभावित जिल्ला धादिङको केबलपुर गाविसमा भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

अमेरिकी दुतावास युवा परिषद्को आयोजना र अमेरिकी दुतावासको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।

इन्जिनियर प्रज्ञान भट्टराइ र इन्जिनियर सरोज आचार्यले भूकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी तालिम प्रदान गरेका थिए ।

तालिममा सहभागी गाविस सचिव कैलाश रेग्मिले पुननिर्माणका क्रममा आयोजना गरिएको यस किसिमको तालिम असाध्यै उपयोगी र तालिमले सहभागीलाई उर्जा थपेको बताए ।

त्यस्तै अर्का सहभागी बिदुर रुपाखेतीले भूकम्प प्रतिरोधी घर निर्माणका लागि यस किसिमको तालिम फलदायी हुने भन्दै कम लागतमा पनि भूकम्पप्रतिरोधी घर निर्माण गर्न सकिने ज्ञान तालिमबाट प्राप्त भएको बताए । महत्वपूर्ण कुरा त ढुंगा माटोबाट नै भूकम्पप्रतिरोधी घरनिर्माण गर्न सकिनेबारे जानकारी पाएको उनले बताए ।

तालिममा सहभागीता जनाएपछि स्थानीय अनिता तिमल्सिनाले पछिल्ला दिनमा निर्माण कार्यमा महिलाको सहभागिता बढेको र तालिमले भूकम्पप्रतिरोधी घरनिर्माण र यसबारेको व्यवहारिक जानकारी दिएको बताईन् ।

reconstroction 1

सरोज पौडेलले सहजीकरण गरेको तालिममा निर्माण मजदुर, स्थानीय, नागरिक प्रतिनिधि सहित ४५ जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः २०७३ असोज १९

वि.सं.२०७३ असोज १९ बुधवार २०:५६ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...