back
NMB ad

अब सार्वजनिक सवारीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने !

Kumari bank ad

स्पेनको राजधानी मड्रिडमा सार्वजनिक गाडीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने नियम लागु भएको छ । नियम लागु गर्दै स्पनेको यातायात विभागले सार्वजनिक गाडीको सिटमा खुट्टा फैलाएर बस्ने पुरुष यात्रु विरुद्ध अभियान चलाएको छ ।

मड्रिडमा सर्वाजनिक गाडी सञ्चालन गर्दै आएको इएमटीले गाडीमा नयाँ संकेट राखेको छ, जसमा पुरुष यात्रुलाई सिटमा फैलिएर बस्न मनाही गरिएको छ । अहिले शहरको मेट्रो सिस्टममा यो अभियान सुरु गरिएको छ ।

एक महिला संगठनले यात्राको क्रममा पुरुष सिटीमा फैलिएर बस्दा महिलालाई समस्या भएको भन्दै अनलाईन मार्फत गरिएको अपिलपछि नयाँ नियम लागु गरिएको हो । बसमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्नुलाई अंग्रेजीमा म्यानस्प्रेडिङ भनिन्छ ।

यो शब्दलाई दुई वर्ष पहिले अक्सफोर्ड डिक्सनेरीमा सामेल गरिएको थियो । मड्रिडअघि विश्वका अरु चार शहरमा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो ।

पुरुष यात्रुले खुट्टा फैलाएर बस्दा महिला यात्रुसहित अरुलाई यात्रामा समस्या हुने गरेको छ । यसरी खुट्टा फैलाएर बस्दा अर्को यात्रुको सिट पनि ओगट्ने भएकाले समस्या हुने गरेको छ । यसअघि सन् २०१४ मा अमेरिकाको न्युयोर्कमामा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो ।

प्रकाशित मितिः २०७४ जेठ २८

वि.सं.२०७४ जेठ २८ आइतवार १४:४८ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...