back
NMB ad

अब त्रिभुवन विमानस्थलमा लगेज चाँडो पाइने, दुई बेल्ट थपिए

Kumari bank ad

काठमाडौँ । मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुईओटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् । विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । जसले अन्तरराष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो ।

तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार ओटा बेल्ट पुगेका छन् । यसअघि विदेशबाट नेपाल आइपुगेपछि ब्यागेज लिन बढीमा करीब चार घण्टासम्म यात्रुले कुर्नुपर्ने बाध्यता थियो । थप बेल्ट जडानपछि अब यात्रुले आफ्नो लगेज बढीमा ४५ मिनेटभित्र पाउने बताइएको छ । उक्त नयाँ बेल्टको शुक्रबार साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ गर्दै अन्तरराष्ट्रिय मापदण्डको कन्भेयरले यात्रुको सुविधाका लागि सहज हुने बताए ।

देशकै प्रतिष्ठासँग जोडिएको अन्तरराष्ट्रिय विमानस्थलको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकार लागि परेको पोखरेलले बताएका छन् ।

प्रकाशितः २०७३ वैशाख २५

वि.सं.२०७३ वैशाख २५ शनिवार १२:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...