back
NMB ad

मजदुरद्धारा त्रिवि भन्सार कार्यालयमा दिन दाहाडै अबैध कार्य !सरकारी निकाय किन मौन ?

Kumari bank ad

काठमाडौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको परिसर भित्र विगत लामो समय देखि दिनदाहाडै अबैध रकम असुली क्रियाकलाप भईरहेको खुलासा भएको छ । सरकारमा रहेका दुई पार्टी निकट (एनेकपा माओवादी र नेपाली कांग्रेस)को राजनैतिक आडमा दिनहुँ लाखौ असुली भइ खुल्न आएको हो ।

सरकारी निकायको आँखा अगाडि यी कार्य भईरहेकोबारे विभिन्न निकायमा उजुरी परेतापनि एनेकपा माओवादीसम्बद्ध माथिल्लो नेतृत्वसंग लाभिंग गर्दै चक्रबहादुर खत्री र नेपाली कांग्रेससम्बद्ध शिव लामिछानेको नेतृत्वमा प्रशासनका विभिन्न तहमा रहेका व्यक्तिहरुलाई प्रलोभन देखाई दैनिक अबैध रकम असुल्दै आएको बताईन्छ ।

प्राप्त जानकारी अनुसार राजनीतिक आडमा मजदुर संघको नाममा विदेश बाट दुःख गरि आफ्नो निजि प्रयोगका समान लिन आउने व्यक्तिहरु संग उनीहरुले जबरजस्ती प्रति केजी रु २.५० का दरले पैसा असुल्दै आएका छन् र विदेश बाट कार्गो भइ आफ्नो कम्पनीको नाममा आयात गरेका व्यापारीहरु संग समेत फर्जी बिल काटी प्रति केजी रु२.५० का दरले पैसा असुलेका छन् ।tij matter1

यसबारे भन्सार कार्यालयलाई अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले पनि पटक–पटक पत्र काटी सो बारे वुझ्न खोज्दा पनि विभिन्न प्रलोभनका कारण अख्तियारको उक्त कार्य सफल नभएको बताईन्छ ।

यसबारे भन्सार कार्यालयले मिति २०७४–०५–०६ मा पैसा असुल्ने जस्ता अबैध क्रियाकलाप नगर्न र कसैले गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गर्ने भनि एक सूचना प्रकाशित गरेपनि त्यो सूचनाको खिल्ली उडाउने कार्य भईरहेको छ । यसले भन्सार प्रशासक नै कतै आर्थिक प्रलोभनामा परेका हुन् कि भन्ने प्रश्न उठ्न थालेको छ ।tij matter

त्रिवि भन्सार कार्यालय बाट दैनिक न्यूनत्तम ५० टन (५०,००० केजी) समान आयात हुने गर्छ ,मासिक १५,००,००० केजी बराबरको अबैध असुली भईरहेको देखिन्छ ।
यसबाट एनेकपा माओवादीका ५१ जना र नेपाली कांग्रेसका ३० जनाले प्रति व्यक्ति मासिक रु ४६२९६ बराबर अबैध रकम असुली गर्ने गरेको हामीलाई प्रप्त सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः २०७४ भदौ १२

वि.सं.२०७४ भदौ १२ सोमवार १२:४७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...