back
NMB ad

उत्तर कोरियालाई अब एउटै चिजले काम गर्नेछःट्रम्प

Kumari bank ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ताबाट समस्याको समाधान नहुने भन्दै ‘अब एउटै चिजले काम गर्ने’ बताएका छन् । राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमा लेखेका छन्, ‘ राष्ट्रपति र उनीहरुको सरकारले २५ वर्षसम्म उत्तर कोरियासँग वार्ताद्वारा समस्याको समाधान निकाल्न खोजे । सहमतिहरु भए, ठूलो मात्रामा पैसा पनि सकियो तर त्यसले काम गरेन । सहमति पत्रको मसी सुक्न नपाउँदै सहमति तोड्ने काम भयो ।’ ट्रम्पले अब त्यस्ता वार्ता र सहमतिले समस्याको समाधान ननिस्कने बताउँदै लेखेका छन् । अब एउटै चिजले मात्र काम गर्नेछ !’

शनिबार अबेर ट्रम्पलाई रिर्पोटरहरुले ट्वीटको आशयका बारेमा सोध्दा चाँडै नै थाहा हुने बताए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनका विरुद्ध अमेरिकी राष्ट्रपति सामाजिक सञ्जाल प्रयोग गरेको यो पहिलो पटक भने होइन । यसअघि उनले उत्तर कोरिया निरन्तर आणविक हतियारको विस्तारमा लागेको भन्दै नेता किम जोङ उनलाई ‘रकेट म्यान’ को संज्ञा दिएका थिए । पछिल्लो समय उत्तर कोरियाले आफूले लामो दूरीका क्षेप्यास्त्रको विकास गरिरहेको दाबी गरिरहेको छ । यसअघि पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय हित र आफ्ना सहयोगी राष्ट्रको रक्षाका लागि आवश्यक परेमो खण्डमा उत्तर कोरियालाई सिध्याइदिने धम्की दिएका थिए ।

बिबिसी संवाददाता लाउरा बिकरका अनुसार ट्रम्पको शनिबारको ट्वीट अमेरिकी नेताको सांकेतिक घोषणा हुन सक्ने बताएका छन् । गत हप्ता मात्रै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग सिधा वार्ता गर्ने प्रयास गरेका थिए । यसमा पनि ट्रम्पले ट्वीट गर्दै लेखेका थिए, ‘आफ्नो उर्जा बचाएर राख्नुहोस् रेक्स, हामी गर्नेछौँ जे गर्नु पर्ने हो ।’

पछिल्लो समय उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बीचमा वाकयुद्ध चलिरहेको छ ।

प्रकाशित मितिः २०७४ असो २३

वि.सं.२०७४ असोज २३ सोमवार १०:५४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...