back
NMB ad

ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत भयोःसर्वेक्षण

Kumari bank ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको आरोप लगाउँदै आएको छ । त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोराले एकजना रुसी वकिलसँग बारम्बार कुराकानी गरेको सार्वजनिक भएको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भएपनि गत हप्तामात्र सो विषय सार्वजनिक भएको थियो । उक्त कुराकानीको खुलासा पनि गतहप्ता नै भएको थियो । राष्ट्रपतिका जेठा छोराले आफूले गरेको कुराकानी, इमेल र भेटसम्बन्धी समाचार स्वीकार गरेका छन् । उनले यस विषयमा आफू स्पष्ट रहेको र राष्ट्रपतिमा आफ्नो बुबालाई विजयी गराउनका लागि आफूले कुराकानी गरेको हो भनेका छन् ।

तर त्यस समयमा आफूले उक्त कुराकानीको बारेमा भने आफ्नो बुबालाई जानकारी नदिएको पनि उनले जनाएका छन् । यसै बिषयमा थप बुझ्न भन्दै अमेरिकी सिनेट कमिटीले उनलाई र सो निर्वाचनको समयमा ट्रम्पका प्रमुख निर्वाचन अभियन्तालाई कमिटीमा बोलाएको छ ।

उनको सो कुराकानीका बारेमा ‘पोलिटिको कन्सल्ट’ नामक एक संस्थाले सो गरेको सर्वेक्षणमा संलग्न मध्येका अधिकांशले उक्त कार्य गलत भएको प्रतिक्रिया दिएका हुन् । उक्त सर्वेक्षणमा संलग्न अमेरिकी नागरिकमध्येका ५२ प्रतिशतले सो कार्य गलत भएको बताएका छन् । त्यसैगरी अर्वेक्षणमा संलग्न मध्येका २३ प्रतिशतले मात्र उक्त कार्यलाई सही भनेका छन् ।

त्यस्तै उक्त सर्वेक्षणमा संलग्न मध्येका २५ प्रतिशतले आपूmहरुले सो विषयमा कुनै टिप्पणी नै नगर्ने भनी प्रतिक्रिया दिएका थिए । यस विषयमा रिपब्लिकन पार्टीका सदस्यहरुलाई बढी असर गरेको देखिएको छ ।

रिपब्लिकन पार्टीका सदस्यहरुमध्ये ४४ प्रतिशतले रुसी वकिलसँग गरेको सो कुराकानी कुनै ठूलो मुद्धा नभएको भनी सहज प्रतिक्रिया दिएका बताइएको छ । उनीहरुले यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सो समाचारपछि फेरि अमेरिकामा अर्को काण्ड पनि सार्वजनिक भएको छ । यसै महिनामा जर्मनीको ह्याम्बर्गमा भएको जि २० को सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लै र गोप्य तवरबाट भेट गरेको भनी अर्को काण्ड पनि हालै सार्वजनिक भएको थियो ।

ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उहाँबीचमात्र तर छोटोवार्ता भएको बताएको छ । तर अमेरिकी पत्रिकाले सो भेटमा अरु कोही नभई एकजना दोभासेमात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

ह्यामबर्गको जी–२० बैठकका समयमा राष्ट्रप्रमुखको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको समाचार बाहिर आएपछि निकै विवाद ल्याएको छ । सो भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका पत्रिकाले जनाएका थिए । राष्ट्रपति ट्रम्पले पनि यस वार्ता मिडियामा आएजस्तो गम्भीर प्रकृतिको नभएर सामान्य र खाना खानेबेलामा गरिएको सामान्य कुराकानी हो भनेका छन् ।

प्रकाशित मितिः २०७४ साउन ८

वि.सं.२०७४ साउन ८ आइतवार १६:३२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...