back
NMB ad

‘थपलिया’लाई कार्वाही गर्दै ‘गुरुङ’ बने ठमेल पर्यटन विकास परिषद्को कार्यवहाक !

Kumari bank ad

काठमाडौँ | ठमेल पर्यटन विकास परिषद्को आइतबार सम्पन्न साधारणसभाले कार्यवाहक अध्यक्षको जिम्मेवारी समिर गुरुङलाई दिएको छ ।
ठमेल स्थित मल्ल होटलमा सम्पन्न २१ औं तथा २२ औं साधारणसभाले वर्तमान अध्यक्ष रामशरण थपलियालाई कारबाही गर्दै गुरुङलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष थपलियाले शनिबार साँझ साधारणसभा स्थगित भएको सूचना जारी गरेपनि बरिष्ठ उपाध्यक्ष समीर गुरुङको अध्यक्षतामा आज साधारणसभा सञ्चालन गरिएको थियो । एकलौटी रुपमा सामाजिक सञ्जालबाट साधारणसभा स्थगित गराएको भन्दै कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरुले आपत्ति जनाउँदै आज साधारणसभा गरेको थियो । उनीहरुले विधानतः साधारणसभा स्थगित गर्न एक साताको समय हुनु पर्ने र दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेमा आफूखुशी साधारणसभा स्थगित गरेको उनीहरुको आरोप थियो ।

IMG_7470

साधारणसभामा अध्यक्ष थपलिया माथि अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो । अविश्वास प्रस्तावमा कार्यसमितिको निर्णय अनुरुप काम नगरेको, अन्य सदस्यहरुले काम गर्न खोज्दा अध्यक्ष बाधक बनेको, महायज्ञ गर्ने निर्णय गरेपनि गर्न नसकेको, पूर्वाधार निर्माणको काम सन्तोषजनक रुपमा नगरेको, एक कार्यकाल सकेर अर्को कार्यकाल समयावधि बढाउँदा पनि उल्लेख्य कार्य गर्न नसकेको तथा परिषद्को मानमर्दन र इज्जत माथि दाग लगाएको भन्दै अविश्वास प्रस्ताव दर्ता गराएको थियो । सो अविश्वासको प्रस्ताव उपर अध्यक्ष थपलियालाई सफाईको लागि मौका दिए पनि उहाँ अनुपस्थित भएपछि साधारणसभामा उपस्थित सदस्यहरुको दुई तिहाई बहुमतले कारबाही गरेको परिषद्का उपाध्यक्ष राजुमान डंगोलले बताए ।

साधारणसभाले अध्यक्ष थपलियालाई कारबाही गरि बरिष्ठ उपाध्यक्ष समीर गुरुङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएसँगै आगामी ६ महिना भित्र विधानतः परिषद्को निर्वाचन गराउने जिम्मेवारी समेत दिइएको उपाध्यक्ष डंगोलको भनाइ छ ।

वि.सं.२०७३ असोज ३ सोमवार १३:१४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...