back
NMB ad

राष्ट्रपतिविरुद्ध लाखौं मानिस सडकमा !

Kumari bank ad

टर्कीका राष्ट्रपति एर्दोगान विरुद्ध लाखौं मानिस सडकमा उत्रेका छन् । गत वर्ष सेनाका केहीले गरेको असफल सत्ता विद्रोह ‘कू’ यता एर्दोगान सरकारले अन्धाधुन्ध धरपकड र दमनको बाढी नै ल्याएको भन्दै विपक्षी नेता केमाल किलिक्दारोग्लुले एर्दोगान सत्ताको आलोचना गरे ।

एर्दोगानले भने यालीमा सहभागि हुनेलाई आतंकवादको समर्थक भन्दै आलोचना गरेका छन् । शहरको सडकमा ४५० किलोमिटर लामो न्याय र्‍यालीमा सहभागिहरुले सरकारी दमनको खुलेर आलोचना गरे । एर्दोगानले विपक्षी किलिक्दारोग्लु राजनीतिक विपक्षभन्दा बाहिर गएर आतंकवादी संगठनको लागि काम गर्न थालेको र यो देशद्रोह भएको आरोप लगाए ।

चार वर्ष यताकै सबैभन्दा ठूलो प्रदर्शनमा सहभागि भएकाले कू विरुद्ध एर्दोगानलाई समर्थन गर्नुको मतलब उनको स्वेच्छाचारितालाई साथ नदिएको बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत वर्षको १५ जुलाईमा भएको असफल सत्ता विद्रोहपछि संसदको अधिकार हातमा लिँदै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार एक व्यक्तिको हातमा पुगेको नेता किलिक्दारोग्लु बताए । एर्दोगान सत्ताले ५० हजारभन्दा बढी व्यक्तिलाई धरपकड गरेको छ भने डेढ लाखभन्दा बढीलाई जागीरबाट बर्खास्ती गरेको छ ।

सांसद, एम्नेष्टी इन्टरनेशनलका अध्यक्षसहितका मानवअधिकारवादी, वरिष्ठ पत्रकार सयौंलाई बन्दी बनाइएकामा अन्तर्राष्ट्रियस्तरमा आलोचना भएपनि टर्की सरकारले सुनेको छैन ।

प्रकाशित मितिः २०७४ असार २६

वि.सं.२०७४ असार २६ सोमवार १८:१६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...