back
NMB ad

टर्कीमा ७ हजार ६ सय सैनिक बर्खास्त

Kumari bank ad

अङ्कारा । टर्कीमा गत वर्ष भएको असफल सैनिक ‘कू’पछि हालसम्म ७ हजार ६ सयभन्दा बढी सैनिक बर्खास्त भएका छन् ।

इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफईटीओ) समर्थक भएको आशङ्कामा ती सैनिकहरूलाई बर्खास्त गरिएको राज्यद्वारा सञ्चालित समाचार समिति अनादुलुले बुधबार जानकारी दिएको छ ।

टर्कीका रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार जनरल, नौसेना र सैनिकको मान्यता प्राप्त अधिकृत लगायत १ सय ५० सहित ७ हजार ६ सय ५५ सैनिक पक्राउ परेको जनाइएको छ ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो ।

टर्कीमा भएको असफल सैनिक ‘कू’ पछि गुलेनको समर्थक भएको आशङ्कामा टर्की सरकारले दशौँ हजार व्यक्ति पक्राउ परेका छन् भने १ लाख भन्दा बढी सरकारी अधिकारी बर्खास्त भएका छन् ।

सन् २०१६ को जुलाई १५ मा भएको असफल सैनिक ‘कू’ पछि पनि टर्की सरकारले सैनिक जनरल होइन विश्वविद्यालयका प्राध्यापक, उपकुलपतिहरू, सरकारी कर्मचारी, लेखक, वकिल, राष्ट्रिय फुटबल खेलाडीदेखि टर्कीका राष्ट्रिय राजनीतिक दलका नेताहरूसमेत पक्राउ र जागीरबाट बर्खास्त गर्ने काम गरेका थिए ।

टर्कीका राष्ट्रपति रेसेप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ बिदामा रहेको बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भयो । ‘कू’ को प्रयास घण्टौँ लामो लडाइँपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल पारेका थिए ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन ९एफईटीओ० को संलग्नता रहेका आरोप लगाइएको थियो । अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो ।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनहरूले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए ।

गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका थिए । यस असफल सैनिक ‘कू’ प्रयासमा करिब २५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई हजार व्यक्ति घाइते भएका थिए । रासस

ेप्रकाशित मितिः २०७४ असार २९

वि.सं.२०७४ असार २९ बिहीवार १३:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...