काठमाण्डौं । महालक्ष्मी बिकास बैंक र यति डेभलपमेन्ट बैंकलाई एक आपसमा गाभ्न/गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि दुई बैंकको सेयर कारोबार रोकिएको छ । राष्ट्र बैंकले आइतबार दुई बैंकको मर्जरको निर्णयलाई समति दिएको हो ।
मर्जरपछि महालक्ष्मी बिकास बैंकको नामबाट संयुक्त कारोबार हुने यस बिकास बैंकको चुक्ता पुाजी रु। २ अर्ब ६३ करोड ४१ लाख पुग्ने छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बिकास बैंकको लागि तोकिएको २ अर्ब ५० करोडको पुँजीको मापदण्ड पुरा हुनेछ ।
मर्जर पश्चात् बन्ने बिकास बैंकको निक्षेप रु २३ अर्ब ८४ करोड र कर्जा लगानी रु १९ अर्ब ९७ करोड, शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्ने र देशको सबैभन्दा ठुलो बिकास बैंकको रुपमा स्थापित हुने बैंकको दाबी छ ।
२१ चैत २०७३, ७।००
वि.सं.२०७३ चैत २१ सोमवार ०७:३४ मा प्रकाशित