back
NMB ad

इटहरी उ.वा.संघ अध्यक्षमा बस्नेत ४५५ मत अन्तरले विजयी

Kumari bank ad

सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा लिलम बस्नेत विजयी भएका छन् । ईश्वरी पराजुलीलाई ४५५ को भारी मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
बस्नेतले १८५० मत ल्याउँदा पराजुलीले १३९५ मत ल्याएका थिए । अध्यक्षको मतपत्रमा ८५ मतपत्र बदर भएको थियो ।
राजनीतिक कित्ताकाँट भएर बनेको दुई वटा प्यानलबिचको प्रतिष्पर्धामा एमाले समर्थित बस्नेत भारी मत ल्याएर विजयी भएनन् मात्र, उनको प्यानलले कार्यसमितिमासमेत वर्चश्व कायम गरेको छ ।
बस्नेत प्यानलका शैलेश विष्टले वाणिज्यतर्फकै सबैभन्दा बढी मत ल्याएका थिए । उनीसँगै कमल पौडेल, टंकप्रसाद खनाल, भूपेन्द्र बराल, उमानन्द दाहाल र विश्व धिमालले जित हाँसिल गरेका थिए । यता पराजुली प्यानलका भीम पौडेल, अनिल सुब्बा र श्याम रिजालले सदस्य जितेका छन् ।
यस्तै महिलातर्फ त बस्नेतको प्यानललै आएको छ । महिलातर्फ रञ्जु सिग्देल र मुना तिम्सिनाले जित हाँसिल गरेका छन् । यस्तै वस्तुगततर्फ दुई जना सदस्यमध्ये नवराज काफ्ले विजयी भएका छन् भने अर्को एक सदस्यको लागि लक्ष्मी धिताल र सन्तोष आचार्यले समान मत हाँसिल गरेपछि निर्णय हुन सकेको छैन ।
यता उद्योगतर्फ भने बस्नेत र पराजुली प्यानलका दुई–दुई जनाको जित भएको छ । बस्नेततर्फका राजेन्द्रकेशरी घिमिरे र बजरंगलाल अग्रवालले जितेका छन् भने पराजुलीतर्फका दिवस पोख्रेल र लक्ष्मण हुमागाईँले जित हाँसिल गरेका छन् ।
यता एशोसिएट्सतर्फ पनि बस्नेत प्यानलका सुदीप घिमिरे विजयी भएका छन् । उनले पराजुली प्यानलका रेवती दुलाललाई एक मतले पराजित गरेका हुन् । एशोसिएट्सतर्फ ३३ मत खसेको थियो ।
चुनावअघि पराजुली आफूले एक हजार मत अन्तरले जित्ने दावी गरेका थिए भने बस्नेतले दुई सयको मत अन्तरले आफूले जित्ने दावी गरेका थिए । उम्मेदवारको अनुमान र यो नतिजालाई हेर्दा बस्नेत पक्ष आफ्ना मतदाताबारे निकै गम्भीर र परिपक्व देखिएको छ ।
यता जितपछि आफ्नो प्रतिक्रिया दिँदै अध्यक्ष बस्नेतले आफ्ना प्रतिबद्धताहरु समयअगावै पुरा गर्ने बताएका छन् । पूर्वी हटलाईनसँग कुरा गर्दै उनले आफूलाई मत दिने उद्योगी, व्यवशायीहरु प्रति आभार व्यक्त गर्दै आफ्ना प्रतिबद्धताहरु पुरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।
२०५० सालमा स्थापना भएको इटहरी उद्योग वाणिज्य संघमा संस्थापनकालदेखि नै काँग्रस समर्थित व्यापारीहरु हावी भएकोमा यो पटक भने नेकपा एमाले समर्थित व्यवशायीहरुको प्यानलै विजयी भएको हो । नेकपा एमालेले संसदीय चुनावमा जित हाँसिल गर्दै आएको क्षेत्र नं. २ अन्तर्गत इटहरी उपमहानगरपालिका, खानेपानीसँगै अब उद्योग वाणिज्य संघमा पनि एमालेको वर्चश्व कायम भएको छ ।
स्थानिय निकायको निर्वाचन घोषणा भइसकेको अवस्थामा भएको यो चुनावलाई दुवै दलले आफ्नो आफ्नो प्रभाव जमाउने अवसरका रुपमा लिएका थिए । काँग्रेसलाई माओवादी केन्द्र र राप्रपा नेपाल समेतको साथ थियो ।
निर्वाचित पदाधिकारी र प्राप्त मतः
१. अध्यक्षः लिलम बस्नेतः १८५०
महिला तर्फ
२. मुना तिम्सिनाः १४१९
२. रन्जु सिग्देलः १३८३
बाणिज्य तर्फ
१. शैलेश बिष्टः १७०८
२.अनिल सुब्बाः १४५८
३. टंक प्रसाद खनालः १४१३
४. कमल पौडेलः १४१३
५. भुपेन्द्र बरालः १३५९
६. भिम पौडेलः १३३९
७. बिस्वराज धिमालः १३१८
८. उमानाथ दाहालः १२७३

? श्याम रिजालः १२६०
उद्योग तर्फ
१. दिवस पोख्रेलः २०१
२. बजरङ्गलाल अग्रवालः १७०
३.लछ्मन हुमागाइः १६३
४. राजेन्द्र केशरी घिमिरेः १५८
बस्तुगत तर्फ
१. नवराज काफ्लेः ९
२. लक्ष्मि धितालः ६
३. संतोष आचार्यः ६
एसोसियट तर्फ
१. सुदिप घिमिरेः १७
प्रकाशितः २०७३ असार २५

वि.सं.२०७३ असार २५ शनिवार १२:३३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...