Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधी पहिलो पटक नेपालमा

November 14, 2017

umi group

ललितपुर । नेपालमा उमी ग्रुपले पहिलो पटक जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधी भित्राएको छ । उक्त नया प्रविधीको सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बिच गैर आवासिय नेपाली संघका उपाध्यक्ष सपिला राजभण्डारी र उद्योगी समाजसेवी राजेन्दराज खेतानले शुभारम्भ गरे ।

नया प्रविधीले केवल ५ मिनेटमा नै एउटा गाडी धुनुका साथै मसिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले जानकारी दिए । अन्य मुलुकमा यो प्रविधी सञ्चालनमा भएपनि नेपालमा भने यो पहिलो पटक हो । हाल उमी ग्रुपले प्रविधीको ललितपुरको बखुण्डोल र काठमाडौंको ज्ञानेश्वरबाट शुभारम्भ गरेको उनले जानकारी दिए । आगामी दिनमा मुलुकका अन्य शहरहरुमा पनि यो प्रविधी बिस्तार गर्ने लक्ष्य उमी ग्रुपले अर्का सञ्चालक चिज कुमार श्रेष्ठले जानकारी दिए ।

यो प्रविधीबाट गाडी धुनका लागी लामो समय कुर्नुपर्ने झण्झटबाट मुक्त हुने विश्वास उमी ग्रुपले लिएको छ । यो प्राविधि नेपालमा ६ करोडको लगानीमा स्थापना गरिएको हो ।

प्रकाशित मितिः २०७४ कार्तिक २८

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु