back
NMB ad

सगरमाथाको चुचुरोमा फर्फरायो एमालेको सूर्य चिन्ह !

Kumari bank ad

काठमाडौ।पहिलो चरणको स्थानीय निर्वाचनमा पहिलो शक्ति भएर सफलता प्राप्त गरेकै समयमा विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ फहराएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ फहराएर पवर्तारोही पासाङ शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् । सन् २०१७ मे २८ को बिहान ८ः१६ बजे ३९ वर्षीय शेर्पाले यो सफलता हासिल गरेका हुन् ।

सोलुखुम्बु जिल्ला नाम्चे ठमोका स्थायी बासिन्दा शेर्पाको यो कीर्तिमान स्थानीय तह निर्वाचन भइरहेको यसबेला अझ बढी सान्दर्भिक र स्मरणीय हुनपुगेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । उनले भने, “पहिलो चरणमा तीन प्रदेशका २८३ मध्ये २८२ तहको परिणाममा नेकपा (एमाले) १२८ (तीन स्वतन्त्रसमेत) तहमा निर्वाचित भएर मुलुकको पहिलो शक्ति भएको छ भने बाँकी चारवटा प्रदेशमा हुने दोस्रो चरणको निर्वाचनमा यो सफलतालाई निरन्तरता दिंदै मुलुकको पहिलो शक्ति बन्न अग्रसर छ । यस्तो बेला सगरमाथाको शिखरमा सूर्य चिन्ह फहराउनु स्वयम्मा अत्यन्त महत्वपूर्ण गौरवगाथा हो ।”

पर्वतारोही पासाङ शेर्पालाई एमालेले विशेष बधाई दिएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...