back
NMB ad

एमालेले जनताबाहेक अरूको कसैको आदेश मान्दैनः अध्यक्ष ओली

Kumari bank ad

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् । आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको बताए ।

उनले भने, “एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ । निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने कुरा स्वीकार्य छैन ।” अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने बताए ।

पार्टीका महासचिव ईश्वर पोखरेलले सार्वभौमसत्ता र राष्ट्रियताका पक्षमा अभियान थलिएको भन्दै यो कुनै जाति र दलको विरोधमा नभएको उल्लेख गरे । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने राष्ट्रिय अभियान केहीबेर अघि कांकडभित्ताबाट सुरु भएको हो ।

वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सत्यनारायण मण्डल लगायतका नेताको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको प्रदेश नं का संयोजक भीमप्रसाद आचार्यलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर अध्यक्ष ओलीले अभियानको शुभारम्भ गरेका थिए ।

शुभारम्भ सभापछि शीर्ष नेतासहितको ¥याली कांकडभित्ताबाट विर्तामोडतर्फ लागेको थियो ।

एमाले केन्द्रीय सदस्यमा एक्काइस मनोनित

नेकपा (एमाले) ले मेची महाकाली राष्ट्रिय अभियानकै सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ ।

पार्टी स्थायी कमिटीको शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले सो मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र्र वैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनायण महतो छन् । यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादव छन् । रासस

प्रकाशित मितिः २०७३ फागुन २१

वि.सं.२०७३ फागुन २१ शनिवार १३:३४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...