back
NMB ad

विश्व सम्पदाको पुननिर्माणमा हेलचक्र्याइँ नगर्न युनेस्कोको महानगरपालिकालाई चेतावनी !

Kumari bank ad

काठमाण्डौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० ले काष्ठमण्डप, हुनमानढोका लगायत उपत्यकाका सम्पदा पुनर्निर्माणमा विश्व सम्पदाको निर्माणमा हेलचक्र्याइँ नगर्न चेतावनी दिँदै त्यस्ता सम्पदाको पुननिर्माण राम्रो तरिकाले हन्छ भन्नेमा विश्सनीयता घट्दै गएको बताएको छ।

काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मान्यताविपरीत रानीपोखरी पुनर्निर्माण गरेपछि युनेस्कोले उपत्यकाका अन्य सम्पदा पुनर्निर्माण गर्दा विश्वसनीयता नष्ट हुने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेको हो।

‘सन् १६६० मा निर्माण भएको काठमाडौंकै प्रसिद्ध चिह्नस्थलका रूपमा परिचित धार्मिक महत्त्वको ऐतिहासिक संरचना रानीपोखरी अनुपयुक्त ढंगबाट हुन गइरहेको पुनर्निर्माणप्रति युनेस्कोले गम्भीर चासो राखेको छ,’ युनेस्को काठमाडौं कार्यालयले विज्ञप्तिमा भनेको छ।

मापदण्डविपरीतका काम तुरुन्त रोक्न काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागलाई आग्रहसमेत गरेको छ। युनेस्कोले विभागलाई प्रभावकारी अनुगमन भएको अनुभूति गराउनसमेत आग्रह गरेको छ।

प्रताप मल्लले बनाएको रानीपोखरीमा महानगरले सिमेन्ट, रड र रोडा प्रयोग गरेको थियो। पुरातात्त्विक महत्त्वका सम्पदा पुनर्निर्माण गर्दा चुना, सुर्की र चुनाजस्ता परम्परागत निर्माण सामग्रीबाट निर्माण गर्नुपर्छ। मापदण्डविपरीत रानीपोखरी बीचको यमलेश्वर महादेव मन्दिर पुनर्निर्माण भएपछि स्थानीयवासीले विरोध गरेका थिए। स्थानीयको विरोधपछि पुरातत्त्व विभागले पुनर्निर्माण रोक्न महानगरलाई निर्देशन दिइसकेको छ।

रानीपोखरी निर्माणमा देखाएको व्यवहारले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप र सिंहसत्तल निर्माणमा पनि युनेस्कोले शंका व्यक्त गरेको छ।

२० भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ २० सोमवार ०९:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...