back
NMB ad

११००% नगद लाभाँश दिन लागेको कम्पनीबारे थाहा पाउनुभयो ? पढ्नुहोस !

Kumari bank ad

काठमाडौ । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड गतबर्षको कमाईबाट ११ सय प्रतिशत अर्थात प्रतिकित्ता सेयर एक हजार एक सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले आफ्नो २५ औ बार्षिक उत्सवको अवसरमा प्रतिकित्ता थप एक सय ७० रुपैयाँ विशेष लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

अघिल्लो बर्ष कम्पनीले एक हजार २० प्रतिशत अर्थात प्रतिकित्ता सेयर बराबर एक हजार २० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य ३० हजार एक सय रुपैयाँ रहेको छ ।

कम्पनीको गत अर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा घटेको छ । गत आवमा युनिलिभरले ९६ करोड ५२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनमा युनिलिभरको नाफा करिब १६ करोड रुपैयाँ घटेको हो ।
कम्पनीले मंगलबार गत आवको वित्तीय विवरण सार्वजनिक गरी नाफामा कमी आएको जानकारी गराएको छ । गत आवमा बिक्रीबाट हुने आम्दानी झण्डै ६० करोड रुपैयाँ बढेको छ ।

गत आवमा युनिलिभरले ५ अर्ब १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आवमा उसको आम्दानी ४ अर्ब ४० करोड ५३ लाख रुपैयाँ थियो । नाफा कम भएपछि युनिलिभरको प्रतिसेयर आम्दानी घटेर ३३१ रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४८२ रुपैयाँ थियो । गत वर्ष युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ३० हजार १७० रुपैयाँसम्म पुगेको थियो ।

प्रकाशित मितिः२०७४ भदौ १३

वि.सं.२०७४ भदौ १३ मंगलवार १२:५६ मा प्रकाशित

You can share this post!

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...