back
NMB ad

हाइड्रोपावरले सर्वसाधारणका लागि ल्यायो २८ लाख ७५ हजार कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं । युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणका लागि सेयर २८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएकोछ । कम्पनीले सर्वसाधारणलाई लक्षित गरेर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा र १७ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई नेपाल इक्राले आईपीओ ग्रेड ३ प्रदान गरेको छ । सेयर निष्कासनसँगै कम्पनीमा २५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत संस्थापकको लगानी रहने छ ।

युनाइटेड मोदीले १० मेगावाट क्षमताका तल्लोमोदी १ जलविद्युत् आयोजना ०६९ मंसिरदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले १०.५ मेगावाटको तल्लोमोदी–२ निर्माण आगामी मंसिरदेखि सुरु गर्देछ । यो आयोजनाबाट आगामी ०७६ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ । दुवै आयोजना निर्माणपछि युनाइटेड मोदीको जडित क्षमता २०.५ मेगावाट हुनेछ ।

आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने (पीपीए) सम्झौता भइसकेको छ । आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ ।

९ असार २०७३, ११।००

वि.सं.२०७३ असार ९ बिहीवार १२:२९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...