back
NMB ad

युनाईटेडले भारतको मुत्तूट फाइनान्सलाई २१ लाख कित्ता संस्थापक एफपीओ बेच्ने

Kumari bank ad

युनाईटेड फाइनान्सले भारतको मुत्तूट फाइनान्सलाई २१ लाख कित्ता संस्थापक एफपीओ बेच्ने प्रस्ताव राखेको छ । युनाईटेड फाइनान्सले आगामी साधारण सभामा २० प्रतिशत हकप्रद खारेज गरि २१ लाख संस्थापक एफपीओ रणनितिक साझेदार मुत्तूट फाइनान्सलाई विक्री गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले पुस २९ गते शनिबार विहान ११ बजे अम्रपाली बैंकेट भाटभटेनीमा २३ औं बार्षिक साधारण सभा आह्वान गरेको हो । साधारण सभाले चुक्ता पूँजी ६७ करोड २७ लाखको १९ प्रतिशत बराबरको १२ करोड ७८ लाख १३ हजार ९७० रुपैयाँको बोनस पारित गर्न लागेको हो । साधारण सभाका लागि पुस १४ गतेदेखि बुकक्लोज गर्ने भएकाले पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।
नियामक निकायको निर्देशन अनुरुप फाइनान्सको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक सबै संसोधनहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा जीवन तथा निर्जीवन बीमा कम्पनीको एजेण्ट भई कार्य गर्ने, सम्बन्धित निकायको स्वकृति लिई धितोपत्र दलाल तथा निक्षेप सदस्य भई कार्य गर्ने व्यवस्था थप गर्ने मुख्य प्रस्ताव रहेका छन् ।

युनाईटेडले २२ औं साधारण सभा बाट पारित भएको २० प्रतिशत हकप्रद र १९ प्रतिशत बोनसबाट नै राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड रुपैयाँ कायम हुने भएपछि खारेज गर्न लागिएको जनाएको छ ।

त्यस्तै भारतको मुत्तूट फाइनान्सलाई रणनितिक साझेदारको रुपमा भित्र्याउन प्रिमियम सहित १९० रुपैयाँका दरले २१ लाख कित्ता संस्थापक समूहको थप सेयर जारी गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकलाई एक कार्यकाल निरन्तरता प्रदान गर्ने र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्ताव समेत समावेश रहेका छन् ।

वि.सं.२०७४ पुस ९ आइतवार ०९:५४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...