back
NMB ad

उत्तरपूर्वी भारतसँग पर्यटनमा मितेरी साइनो गाँस्दै पोखरेली

Kumari bank ad

काँकडभिट्टा । पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास थालिएको छ ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इस्टर्न हिमालयन ट्राभल्स एन्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवद्र्धनलगायतका विषय समेटिएको थियो । पर्यटनका लागि साझेदारीको क्रम अघि बढाउन र पोखराको पर्यटन प्रवद्र्धन गर्न यस वर्ष पनि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको बोर्डको पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिए ।

“यस वर्ष जुन ९ देखि १४ सम्म गरिने कार्यक्रमका क्रममा भारतको सिलगुडी, डुअर्स र ग्याङ्टोकमा त्यहाँका पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग पोखरासहित समग्र नेपालको पर्यटनको विकास र साझेदारिता सम्बन्धमा छुट्टाछुट्टै छलफल एवम् अन्तक्र्रिया गरिने छ,” उनले भने । “उत्तरपूर्वी भारतका अधिकतम पर्यटकलाई नेपाल भित्र्याउन र उनीहरूको बसाइ लम्ब्याउन प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक महसुस गरी बोर्डले यस्तो कार्यक्रमलाई प्राथमिकता दिएको हो ।”

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिकरुपले पनि नेपालको भ्रमणका लागि आउने गरेका छन् ।

२७ जेठ २०७४

 

वि.सं.२०७४ जेठ २७ शनिवार ०८:२० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...