back
NMB ad

थाहा पाईराख्नोस्,पिसाब फेरेरै महिनाको चार हजार रुपैयाँ आम्दानी !

Kumari bank ad

एजेन्सी–सहरका सार्वजनिक शौचालयहरुमा मलमुत्र त्याग गर्दा पैसा तिर्नुपर्छ हामीकहाँ । घरका शौचालयमा दिसापिसाब गरे नगरेको बारेमा कसले ध्यान देओस् ? तर छिमेकी देश भारतमा भने एउटा यस्तो जिल्ला छ, जहाँ शौचालयमा दिसापिसाब गर्दा पैसा तिर्नुपर्ने होइन कि, उल्टै २५ सय भारु इनाम पाइन्छ ।

ट्वाइलेटमा दिसा पिसाब गरेबापत नै चार हजार नेपाली रुपैयाँ बराबरको रकम पाइने भन्ने भएपछि किन जागिर खानुपर्‍यो ? पटक–पटक ट्वाइलेट धाए त भैगोनी भन्नुहोला । तर त्यस्तो होइन ।

भारतको राजस्थानस्थित बाडमेर जिल्लामा यो अनौठो योजना सञ्चालनमा छ । खुला स्थानमा दिसापिसाब गर्ने क्रमलाई रोक्न र जिल्लाबासीहरुलाई दिनहुँ शौचालयको प्रयोग गर्न प्रेरित गर्नका लागि जिल्ला अधिकारीले यो नयाँ स्कीम सुरु गरेका हुन् ।

उक्त स्कीम मुताबिक गाउँका हरेक परिवारलाई आफ्नै शौचालयमा दिसा पिसाब गरेबापत महिनाको २५ सय भारु दिइन्छ । अहिलेसम्म यो योजना जिल्लाका दुईवटा पञ्चायतमा सुरु गरिसकिएको छ र अरु गाउँमा पनि लैजाने योजना छ ।

केन्द्र सरकारको स्वच्छ भारत मिसनलाई पूरा गर्न बाडमेरा जिल्ला प्रशासनले स्थानीय गैरसरकारी संस्थाको सहयोगमा यस्तो गज्जबको योजना ल्याएको हो ।

स्थानीय बेतू र गिदा पञ्चायतका मानिसहरु आफ्नै ट्वाइलेटमा दिसा पिसाब गर्दा समेत पैसा पाइने भएपछि मख्ख छन् ।

प्रकाशित मितिः २०७३ माघ २९

वि.सं.२०७३ माघ २९ शनिवार १४:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...